६ वैशाख २०८१ बिहीबार
राजनीति

वाम एकतामा विदेशी शक्तिको हस्तक्षेपः भट्टराई

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले वाम एकतामा विदेशी शक्तिलाई अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेका छन्।

शनिबार ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारद्वारा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले वाम एकता मुलुकको आन्तरिक कुरा भएकाले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेका हुन्।

कुनै पनि शक्तिले वाम एकता भाँड्न नसक्ने दाबी गर्दै उनले चाँडै नै नेपाली कम्युनिस्ट शक्तिबीच एकता हुने बताए।

उनले संविधानको गलत व्याख्या गरेर निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिकको मतपरिमाण सार्वजनिक नगरेको आरोप लगाए। विलम्ब नगरी मतपरिणाम सार्वजनिक गर्न आग्रह पनि गरे। उनले अब देश विकासमा लागी आर्थिक समृद्धिको अभियान सञ्चालन गर्नुपर्नेमा समेत जोड दिए। रासस

प्रकाशित: २२ पुस २०७४ १५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App