१५ चैत्र २०८० बिहीबार
राजनीति

पौडेलका हत्यारालाई कारवाही गर्न युवा संघको माग

काठमाडौं – युवा संघ नेपालले रुपन्देहीमा गोली हानी हत्या गरिएका युवा संघ रुपन्देही क्षेत्र नं १ का पूर्वकोषाध्यक्ष वसन्त पौडेलको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ।

संघका महासचिव किरण पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै हत्यारालाई कानूनी दायरामा ल्याउन माग गरेका छन। पौडेलको बिहान ११ बजे देवदहमा गोली हानेर हत्या गरिएको थियो।

यसैबीच पौडेलको हत्याको विरोधमा युवा संघले शनिबार देशभर संगठनको झण्डा झुकाउने निर्णय गरेको छ।

एक वर्ष अगाडि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई पनि गोली हानी हत्या गरिएको थियो।

प्रकाशित: २१ पुस २०७४ १५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App