८ वैशाख २०८१ शनिबार
राजनीति

‘श्रम नियमावली ल्याउने तयारीमा सरकार’

काठमाडौं – श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मन्सुरले सरकार श्रम नियमावली ल्याउने तयारीमा लागेको बताएका छन्।

नेपाल श्रमिक आपूर्तिकर्ता संघद्वारा विहीबार आयोजित कार्यक्रममा मन्त्री मन्सुरले सबैको भावनालाई समेटेर श्रम नियमावली छिट्टै ल्याउने तयारीमा मन्त्रालय लागेको बताए।

श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन पारित हुनु ऐतिहासिक उपलब्धि भएको भन्दै अब यसको कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको उनको भनाई छ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले पुँजी र श्रमको उपयुक्त व्यवस्थापन आजको आवश्यकता रहेको बताउँदै ‘आपूर्तिकर्ता संघ स्थापना हुनु राम्रो हो, तर कर्मचारीलाई स्थायी गर्नुपर्छ भनेर कम्पनीकै सदस्यहरुले छुट्टै आपूर्तिकर्ता संस्था दर्ता गरी त्यसमार्फत कामदारलाई रोजगारी दिने कार्य गरेमा त्यो निन्दनीय हुन्छ,’ भने।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले श्रम ऐनको भावना अनुरुप श्रम नियमावली नआएको धारणा व्यक्त गरे।

अन्तर्राष्ट्रिय श्रम संगठनका नेपालका लागि देशीय निर्देशक रिचार्ड हवार्डले लामो प्रयासपछि श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन पारित भएको चर्चा गर्दै यो उद्योगी र श्रमिक दुवैको पक्षमा रहेको बताए।

कार्यक्रमका अन्य वक्ताले श्रम ऐनको प्रभावकारी कार्यान्वयनका लागि श्रम नियमावली छिटो तयार गर्नुपर्नेमा जोड दिएका थिए। श्रम नियमावलीको प्रस्तावित मस्यौदाका केही बुँदा अव्यवहारिक रहेको भन्दै त्यसलाई सच्याउनुर्ने उनीहरुको सुझाव थियो।

प्रकाशित: २० पुस २०७४ १६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App