२३ श्रावण २०७७ शुक्रबार
राजनीति

पार्टी एकता र नयाँ सरकार चाँडै : नेता खनाल

बनियानी – नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता र नयाँ सरकार चाँडै गठन हुने बताएका छन्।

झापाको बिर्तामोडमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई कुनै शक्तिले पनि रोक्न सक्दैन ।’

पूर्वप्रधानमन्त्री खनालले ‘नयाँ सरकार र पार्टी एकता चाँडै हुने र यस बिषयमा दुवै पार्टीबीच गृहकार्य भइरहेको भन्दै बाहिरी हल्लाको पछि नलाग्न आग्रह गरे ।

‘वाम गठबन्धनबीच दरार ल्याउन विभिन्न खाले प्रचारबाजी भइरहेको छ,’–उनले भने, ‘त्यो सबै निराधार कुरा हुन्।’

प्रकाशित: २० पुस २०७४ १८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App