१६ चैत्र २०८० शुक्रबार
राजनीति

पार्टी एकता गर्न वाम कार्यकर्ताको दबाब

बाजुरा – वाम गठबन्धन पार्टी एकतालाई नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाजुराले दबाब
दिएका छन् । बिहीबार प्रेस विज्ञप्तिमार्फत नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाजुराले दबाब दिएका हुन् ।

गठबन्धनलाई लगभग दुइ तिहाई बहुमत दिएर जनताद्धारा अनुमोदन गरिसकेको चुनावी अभियानलाई जोड दिन दुवै पक्षले विज्ञप्तिमा आग्रह गरेका छन् । एमाले पार्टी उपसचिव गगन रावल र माओवादी केन्द्रका सचिव दिपक बुढाले हस्ताक्षर गरेको विज्ञप्तिमा निर्वाचनको जनादेश र विधमान संवैधानिक तथा कानूनी ब्यवस्थाको वर्खिलापमा नजान निर्वाचन आयोगलाई चेतावनी दिएको छ ।

स्थानीय तह कार्य विधी ऐन नियम र प्रक्रियालाई मिचेर जनताको पसिनाबाट महंगो कर उठाउने र नियम विपरित तलब सुविधा लिने, विषयगत कार्यालयहरुको क्रमागत योजनालाई ख्यालै नगरी मनपरी दुरुपयोग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित: २० पुस २०७४ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App