१६ चैत्र २०८० शुक्रबार
राजनीति

सभापतिमा मेरो दाबी : डा. शेखर

विराटनगर – कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको सभापतिमा आफ्नो दाबी रहेको बताएका छन् । बुधबार प्रेस युनियन मोरङमा आयोजित कार्यक्रममा उनले सभापतिको दाबी गरेका हुन् । ‘

पार्टीको नेतृत्व सम्हाल्न म तयार छु । नेतृत्व सम्हाल्ने लायक भएकाले पार्टीको जिम्मेवारी लिएर अगाडि बढ्न तयार छु,’उनले भने,‘पार्टी सभापतिको तयारी स्वरुप जिल्ला अधिवेशन तथा पार्टीका कार्यकर्ताको मनोभाव बुझ्न देश दौडाहामा निस्कँदै छु । मुलुक संघीयतामा गईसक्दा कांग्रेसको संगठन संघीयतामा जान सकेको छैन्।’

चुनावमा कांग्रेसको पराजय, संघीय संरचनामा पार्टीको भूमिका र पार्टीको नयाँ नेतृत्वको लागि केन्द्रीय समितिको बैठक बसेर महाधिवेशनको टुंगो लगाउनु पर्नेमा जोड दिएका छन् ।

प्रकाशित: १९ पुस २०७४ ०६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App