१६ चैत्र २०८० शुक्रबार
राजनीति

वडाध्यक्ष कुटपिटको जिम्मा विप्लप माओवादीले लियोे

भोजपुर – अरुण गाउँपालिका वडा नम्बर –१ याङपाङका वडाध्यक्ष नगेन्द्र खत्रीमाथि भएको आक्रमणको जिम्मा विप्लप माओवादीले लिएको छ । गत शुक्रबार बिहान आफ्नोे कार्यकक्षतिर जाँदै गरेका बेला भएको सांघातिक हमलाको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले लिएको हो । आक्रमणपछि घाईते खत्रीको प्याउली अस्पतालमा उपचार हुन नसकेपछि हाल काठमाण्डौस्थित पाटन अस्पतालमा उपचाररत रहेका खत्रीमाथि भएको आक्रमणको बिहीबार नेपाल कम्युनिष्ट पार्टीले विज्ञप्तिमार्फत जिम्मा लिएको हो ।

वडाध्यक्ष खत्रीमाथि भएको आक्रमणको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले बताए । बिहीबार नेपाल कम्युनिष्ट पार्टी भोजपुरका जिल्ला इन्चार्ज ज्ञानुद्धारा हस्ताक्षरित विज्ञप्तिमा खत्रीले पार्टी आस्थाको आधारमा योजना मनोमानी बाँडफाँड गरेको, नेपाल कम्युनिष्ट पार्टी विरुद्ध सुराकी गरेको र जनताको काम नगरेका कारण व्यवहार सुधार्नलाई चेतावनी स्वरुप भौत्तिक कारवाही गरेको उल्लेख गरिएको छ ।

प्रकाशित: १३ पुस २०७४ ११:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App