७ वैशाख २०८१ शुक्रबार
राजनीति

पार्टी एकता र सरकार गठनबारे एमाले माओवादी छलफल हुँदै

काठमाडौं- एमाले र माओवादीबीच जारी गतिरोध अन्त्य,  सरकार निर्माण र पार्टी एकता प्रक्रियालाई तीव्रता दिन आज वार्ता हुने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुन लागेको हो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकट स्रोतका अनुसार अपराह्न तीन बजे दुवै नेता छलफलमा बस्दैछन्। 'आज दुई अध्यक्षबीच वर्तमान राजनीतिक अवस्था र पार्टी एकताको विषयमा छलफल हुँदैछ', स्रोतले भन्यो, 'अपराह्न दुई नेताहरुबीच छलफल हुने छ ।'

सुरुमा दुवै अध्यक्षबीच मात्रै र त्यसपछि एमाले र माओवादीका दोस्रो तहका नेताबीच वार्ता हुने जनाईएको छ।  पार्टी अध्यक्षहरुबीच छलफल हुन लागे पनि स्थान र समय फिक्स नभएको नेकपा एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलेले बताए।

शुक्रबार चितवनतर्फ लागेका दाहाल मंगलबार अपराह्न राजधानी फर्किएका थिए। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गरेका एमाले र माओवादीले निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा गरेका थिए। तर निर्वाचन पछि भने उनीहरुबीच एकताको विषयमा तिब्र छलफल चल्न सकेको छैन। यसैबीच दुई पार्टीका अध्यक्षबीचमा छलफल हुन लागेको हो।

 

 

प्रकाशित: १२ पुस २०७४ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App