coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पार्टी एकतापछि बल्ल सरकार गठन : मन्त्री पोखरेल

विराटनगर – विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले सरकार गठनअघि पार्टी एकता हुनुपर्ने बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले वाम गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएको स्पष्ट पारेका थिए ।

वाम गठबन्धनलाई फुटाउने षडयन्त्र पनि भइरहेको प्रसंग उल्लेख गर्दै उनले वाम गठबन्धनबाहेकको सरकार जनादेश विपरीत हुने उल्लेख गरेका थिए । 'निर्वाचनको परिणाम आइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक र नैतिक दृष्टिकोणले राजिनामा दिनुपर्छ।  राजनीतिक दलहरु मिलेर निकास खाेज्नुपर्छ,'उनले भने,' मधेशलाई द्वन्द्वको थलो बन्न नदिनका लागि मधेशको समृद्धिका लागि ठोस रुपमा विकास निर्माण लगायतका कार्य गर्नुपर्ने आवश्यक रहेकाे छ ।'

सामाजिक न्याय, समानता, समृद्धि र समाजवादका नयाँ नीतिका साथ मुलुकको विकासमा आउँदो सरकारले कार्य गर्ने उल्लेख गर्दै उनले जनताले सुविधा र सुरक्षा, स्थिरतासमेत खोजेकाले वाम गठबन्धनको ‘प्रगतिशील एजेण्डा’लाई कार्यान्वयन गर्न जनादेश दिएको बताएका थिए ।

 

प्रकाशित: ११ पुस २०७४ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App