३१ असार २०७७ बुधबार
राजनीति

'वाम एकतामा शंका नगरौं'

काठमाडौं- नेकपा एमालेका नेता पार्वत गुरुङले वाम एकताको विपक्षमा लाग्नेहरुलाई कारबाही गर्नु पर्ने बताएका छन्। दोलखाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित गुरुङले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता हुने विषयमा कुनै शंका नगर्न आग्रह गरे।

'वामहरु मिल्दा देशको विकास हुन्छ भनेर जनताले भोट हालेका छन्', दोलखाली पत्रकार समाजले राजधानीमा सोमबार गरेको कार्यक्रममा उनले भने, 'सवै कुरा विर्सेर एकतामा जानुपर्छ।'

कार्यक्रममा एमाले पोलिटव्यरो सदस्य तथा दोलखाबाट प्रदेश सभामा निर्वाचित पशुपति चौलागाईले दोलखालाई पर्यकटीय हब बनाउन लाग्ने बताए।

 

प्रकाशित: १० पुस २०७४ १८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App