१६ चैत्र २०८० शुक्रबार
राजनीति

वरिष्ठ न्यूरोसर्जन देवकोटा लन्डनमा अस्पताल भर्ना

लन्डन- पूर्वमन्त्री तथा वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटा लण्डनस्थित एक अस्पतालमा भर्ना भएका छन्। नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणका अनुसार नियमित उपचारको क्रममा उनी अकस्मात विरामी परे पछि अस्पताल भर्ना गरिएको हो। देवकोटाको लण्डनको लकिंग्स कलेज हस्पिटल, ब्रिक्टनमा उपचार भइरहेको छ।

दूतावासका अनुसार देवकोटालाई भेट्न वेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी समेत अस्पताल पुगेका थिए। 'विरामी भएको खबर प्राप्त भएपछि महामहिम राजदूत स्वयं पुगेर उहाँको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुभएको थियो,' अवस्था सामान्य नै रहेको बुझियो आरणले नागरिकन्युजसँग भने।

दूतावासले देवकोटाको राहदानीका खाली पृष्ठ सकिएर नयाँ बनाएर दिएको जानकारीसमेत आरण दिए। देवकोटाको अवस्था गम्भीर भन्दै केही अनलाइन मिडियाले समाज प्रकाशन गरेपछि सामाजिक सञ्जाल प्रयोगककर्ताले समेत उनको स्वास्थ्य अवस्थाप्रति चिन्ना व्यक्त गर्दै आएका थिए।

डा. देवकोटाका एक शुभचिन्तक प्रकाश सिहंले बिहीबार उनलाई अस्पतालमा भेटेको पुष्टि गरे। उनले भने, 'सबैको चासो विषय भएको एक नेपाली शुभचिन्तक भएको कारणले डाक्टर सापलाई भेट्न गएको थिए। उहाँको अवस्था सामान्य छ। उहाँ सामान्य अस्पतालको विरामी राख्ने कक्षमा भए पनि सामान्य व्यक्ति वस्ने कुर्सीमा बसेर नेपालको राजनीतिक अवस्थाको विषयमा छलफल गरिरहनुभएको छ।'

सिहंका अनुसार देवकोटा उनीकी श्रीमतीसहित लण्डनमा  उपचार गराइरहेका छन्। अस्पतालमा आफ्न्तहरु भेटघाट गर्न आउनेक्रम बाक्लो छ। देवकोटाको सबै चेकअप सकिए पनि  केही रिपोट आउन केही दिन लाग्ने भएका कारणले अझै करिब ५ दिनसम्म अस्पतालमै रहन सक्ने बताएको छ।

 

प्रकाशित: ७ पुस २०७४ ०४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App