१६ चैत्र २०८० शुक्रबार
राजनीति

गाँउपालिका केन्द्र निर्धारण गर्न पाँचथरमा मतदान

पाँचथर— प्रदेशको अस्थायी मुकाम तोक्ने विषय चर्को विवादमा परिरहेका बेला पाँचथरको हिलिहाङ गाँउपालिका केन्द्र मतदानबाट निर्धारण गरिएको छ। यस अघि तोकिएको साविक पञ्चमी गाविसको भवनमा केन्द्रलाई परिवर्तन गरी गोपेटार सार्ने प्रयास भएपछि विवाद सृजना भएको थियो। सबै वार्डबाट निर्वाचित जनप्रतिनिधिले मतदान गरेका थिए। पञ्चमी नै केन्द्र यथावत राख्ने पक्षमा मतदान धेरैभएपछि गोपेटार केन्द्र सार्ने प्रयास असफल भएको छ।

यो गाँउपालिकमा निर्वाचित ३९ जनप्रतिनिधि मध्ये १ जना जिल्ला समन्वय समितिको प्रमुख भएका छन्। गाँउपालिका प्रमुखले मत बराबर भए मात्र आफ्नो मत दिन पाउने भएकाले ३७ जना मतदान प्रक्रियामा सहभागि भएका थिए।

एकपक्षले पञ्चमीमै केन्द्रहुनुपर्ने भन्दै दवाब सिर्जना गरेका थिए भने एक पक्ष गोपेटारको पक्षमा थियो। गोपेटार केन्द्र बनाउनका लागि प्रयास भएपछि विरोध भएको थियो। अधिकाश नेकपा (एमाले) बाटै निर्वाचित जनप्रतिनिधिहरु दुई तिर बाढिएका थिए। निर्वाचन ताकाको प्रतिवद्धता भन्दै स्थानीयहरु सार्न र यथावत राख्न दवाब सिर्जना गरेका थिए। पञ्चमी केन्द्र राख्नु पर्नेमा २० र गोपेटार मतदान केन्द्र बनाउन पर्नेमा १७ मत खसेको गाँउपालिकाका प्रवक्ता मदन गौतमले जानकारी दिए।

पञ्चमीमा केन्द्र यथावत राख्नु पर्नेमा धेरै मतखसेपछि केन्द्र साहि स्थानमा रहने भएको उनले बताए। मतदानमा ३७ जना जनप्रतिनिधि निर्वाचनमा सहभागी भएका थिए। यो गाँउपालिकमा निर्वाचित ३९ जनप्रतिनिधि मध्ये १ जना जिल्ला समन्वय समितिको प्रमुख भएका छन्। गाँउपालिका प्रमुखले मत बराबर भए मात्र आफ्नो मत दिन पाउने भएकाले ३७ जना मतदान प्रक्रियामा सहभागि भएका थिए।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको ६ महिनाभित्र यसअघि तोकिएको गाँउपालिकाको केन्द्र सार्नु पर्ने भए सिफारिस गर्नु पर्ने कानुनी व्यस्था रहेको छ। यही अनुरुप निर्वाचननै भएको हो। केही दिनदेखि गाँउपालिकाको केन्द्र याथवत राख्ने या सार्ने भन्ने विषयमा विवाद भएको थियो। पञ्चमी अपायक हुने भएकाले गोपेटार बजार सार्नु पर्ने दवाब थियो। तल्लो क्षेत्रका बासिन्दाले पञ्चमी नै उपयुक्त हुने भन्दैँ दवाब सिर्जना गरेका थिए। केन्द्रको विषय चर्किदै गएपछि सुरक्षा व्यवस्था कडा बनाइएको थियो। मतदानपछि प्राप्त निर्णय मान्ने गरी मतदान गराइएको प्रवक्ता गौतमले जानकारी दिए।

मेची राजमार्गमा गोपेटर सार्नका लागि दवाब सिर्जना गरिएको थियो। दुवै तिर केन्द्रको आस्वासन निर्वाचनका ताका नेताहरुले दिएको स्थानिय आरोप छ। भारपा, गोपेटार क्षेत्रका बासिन्दाले गोपेटार केन्द्र मागेका थिए।
 

प्रकाशित: ५ पुस २०७४ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App