१६ चैत्र २०८० शुक्रबार
राजनीति

धनकुटाका १३ उम्मेदवारको जमानत जफत

धनकुटा – गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनकुटाका १३ उम्मेदवारको जमानत जफत भएको छ। 

एक प्रतिनिधि र दुई प्रदेश रहेको धनकुटा जिल्लामा जमानत जफत हुनेमा प्रतिनिधिसभाका चार, प्रदेशसभातर्फ प्रदेशसभा ‘क’ मा पाँचवटा पार्टी र प्रदेशसभा ‘ख’ मा चार पार्टी रहेका छन्। निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने निर्वाचन आयोगको प्रावधानअनुसार जमानत जफत भएको हो। 

जिल्लाको निर्वाचनमा सहभागी भएकामध्ये सबैभन्दा कम मत प्राप्त गर्ने राप्रपाबाट प्रतिनिधिसभातर्फका उम्मेदवारले ३१ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालय धनकुटाको तथ्यांकमा रहेको छ। 

जमानत सफत हुनेहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लिम्बुवान लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टीलगायत उम्मेदवारी दिएका सात दल छन्। निर्वाचनमा जमानत जोगाउन छ हजार ६५५ मत आवश्यक हुने जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।

जिल्लामा उम्मेदवारी दिएका प्रतिनिधिसभातर्फका उम्मेदवारले रु १० हजार र प्रदेशसभातर्फका उम्मेदवारले रु पाँच हजार धरौटीबापत रकम जम्मा गरेको रकम फिर्ता नपाउने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले बताए। 

जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धन र नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले लोकतान्त्रिक गठबन्धन बनाएका थिए। एक प्रदेश र दुई प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा वाम गठबन्धनले एमाले पार्टीबाट सबै क्षेत्रमा र लोकतान्त्रिक गठबन्धनले क्षेत्र बाँडेर एक–एक उम्मेदवार उठाएका थिए। 

निर्वाचनमा जिल्लाका ११ दलका १९ उम्मेदवार चुनावी मैदानमा रहेका थिए। 

प्रकाशित: २९ मंसिर २०७४ ०५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App