१६ चैत्र २०८० शुक्रबार
राजनीति

पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गर्छु : दामोदर भण्डारी

१. निर्वाचित भएपछि कस्तो अनुभव भएको छ ?
एकदमै खुशी महसुस भइरहेको छ । यसअघि पनि यहाँका जनताले मलाई अवसर दिएका थिए । अझै पनि मलाई जनताले सेवा गर्ने अवसर दिएका छन् । विगतका दिनमा यहाँका जनताको लागि गरेको कामलाई निरन्तरता दिने र आगामी दिनमा अझै जिल्लाको समग्र विकासको लागि कदम चाल्नेछु ।
 

२. निर्वाचित सांसदको हैसियतले आफ्नो क्षेत्रमा कस्तो कार्ययोजनालाई प्राथमिकतामा राख्नुहुन्छ ?
स्थानीयस्तरमा रोजगारी सिर्जना र स्वरोजगार बन्ने वातावरण बनाउन स्थानीय तह, प्रदेश र संघीय सरकारबीच पुलको भूमिका निर्वाह गर्दै जिल्लाको जलविद्युत्, पर्यटन, वनपैदावार, कृषि क्षेत्रको विकास, समृद्धि र जिल्लावासीको जीवनस्तरमा सुधारमा पहल  गर्नेछु । निर्माणाधीन जिल्ला अस्पतालको ५० शैड्ढयाको अस्पतालको निर्माणलाई गति दिइने, सबै गाउँपालिकामा १५ शैड्ढयाको अस्पताल निर्माणका लागि पहल गरिने र सडक पहुँच विस्तार गर्दै शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्नेछु ।

३. अन्य दललाई समेटेर कसरी अगाडि बढ्नुहुन्छ ?
संसदीय अभ्यासमा हारजित हुन्छ । निर्वाचनमा फरकफरक दलबाट निर्वाचन लडे पनि हामी समग्र जिल्लावासी हौं । जिल्लाको विकासका लागि सबैसँग सहकार्य गरेर अगाडि बढने छु । सबै दललाई सम्मानजनक व्यवहार गर्दै सबैको साथ सहयोग लिएर जिल्लाको समग्र विकासका लागि पहल गर्नेछु ।
 

४. तपार्इंंका क्षेत्रका मुख्य समस्या के–कस्ता छन् ?
सडक, खानेपानी, विद्युत्लगायत वेरोजगारका समस्या यथावत छन् । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको विकास हुन सकेको छैन । सबै गाउँमा यातायातको पहुँच पुग्न सकेको छैन ।
 

५. तपार्इंंले आफ्नो जिल्ला÷क्षेत्रको विकासका लागि तत्काल गर्ने तीनवटा काम के–के हुन् ?
देशकै महत्वपूर्ण पञ्चेश्वर वहुउद्देश्यीय परियोजना, पश्चिम सेतीलगायतका परियोजना अगाडि बढाउन पहल गर्नेछु । सडक, खानेपानी, विद्युत्लगायत वेरोजगारका समस्या समस्या समाधान गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको विकासका लागि कार्ययोजना बनाएर अगाडि बढ्नेछु । झुलाघाट सीमामा रहेको पुल, युवा वेरोजगारी घटाउन गाउँमै साना उद्योगधन्दाको विकास गर्ने, प्रत्येक गाउँपालिकासम्म सडक विस्तार गरी कालोपत्रे गर्न पहल चाल्ने मेरा मुख्य योजना रहेका छन् ।
 

६. सांसदले आश्वासन मात्रै बाँड्छन्, पूरा गर्दैनन् भन्ने आमगुनासो छ, यसबारे के भन्नुहुन्छ ?
निर्वाचन जित्नका लागि ठूला कुरा गर्ने, जितेपछि आफ्नो क्षेत्र नफर्कनेले मात्र आश्वासन बाँड्छन् । निर्वाचनका समयमा जनतासँग गरेका वाचा मैले गरेका मतदाताको अघि गरेको घोषणापत्रमा टिकेर आगाडि बढ्नेछु । विगतका दिनमा जिल्लाको समग्र विकासको लागि मैले चालेका कदम रोकिएका छैनन् । हिजो संविधानसभाको सदस्य र अर्थ राज्यमन्त्री हुँदा जिल्लाको विकासका लागि मैले दिएको योगदान जनताको अघि जगजाहेर नै छ । अझै आगामी दिनमा जिल्लाको विकासमा निरन्तर लागि पर्नेछु ।
 

७. मतदातालाई के सन्देश छ ?
मतदाताहरूलाई धन्यवाद दिन चाहन्छु  । मलाई विश्वास गरेर जनताले दिएको मतको कदर गर्दै जिल्लाको समग्र विकासका लागि सधै तत्पर रहने छु ।

प्रकाशित: २८ मंसिर २०७४ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App