१६ चैत्र २०८० शुक्रबार
राजनीति

समानुपातिकतर्फ एमालेको अग्रता कायमै:विवेकशीलले कटायो एक लाख

काठमाडौँ - प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । मंगलवार राती साढे ११ बजेसम्मको गणनामा एमाले १६ लाख ७१ हजार ३३ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले १५ लाख ७९ हजार ६९२ मत ल्याई दोस्रो स्थानमा छ । 

त्यस्तै नेकपा (माओवादी केन्द्र) छ लाख ६० हजार ६३१ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले एक लाख ७० हजार ९१९ मत पाएको छ । 

त्यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले १ लाख १५ हजार ७०८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ लाख ५ हजार १७, विवेकशील साझाले १ लाख ३ हजार ४५५, नयाँ शक्ति पार्टी नेपालले ४९ हजार ८९८, राप्रपा (प्रजातान्त्रिक) ले ३५ हजार ९७६ र राष्ट्रिय जनमोर्चाले ३२ हजार १५६ मत ल्याएको छ । 

प्रकाशित: २६ मंसिर २०७४ १७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App