१६ चैत्र २०८० शुक्रबार
राजनीति

धनकुटामा समानुपातिक तर्फ एमालेलाई धेरै मत

धनकुटा – एक प्रतिनिधिसभा र दुई प्रदेश सभा गरी धनकुटाका ३ स्थानमा विजयी भएको एमाले समानुपातिक तर्फ पनि पहिलो पार्टी बन्न सफल भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधि सभा तर्फ जिल्लामा खसेको कुल ६८ हजार ७ सय ७२ मत मध्ये  ३० हजार ९४७ मत एमालेले प्राप्त गरेको हो । कांग्रेसले १२ हजार ३२० र तेस्रो स्थानमा रहदै माओवादी केन्द्र ७ हजार ४७९ मत प्राप्त गरेको छ । त्यस्तै राप्रपा प्रजातान्त्रिकले ६ हजार १६१ मत प्राप्त गर्दा संघीय समाजवादी फोरमले २ हजार ५५४ मत प्राप्त गरेको छ । जिल्लामा प्रतिनिधि सभा तर्फ कुल ४९ दलले मत पाएका छन् । 

सोमबार राती सम्म प्रदेशसभाको ‘क’ निर्वाचनमा एमालेले १३ हजार ९९६ मत प्राप्त गरेको छ ।  काँग्रेसले ७ हजार ६२, माओवादी केन्द्रले ३ हजार ९११, संघिय समाजबादी फोरमले २ हजार २५ र राप्रपा प्रजातान्त्रिकले १ हजार १५९ मत प्राप्त गरेको छ । प्रदेश क मा कुल ३६ हजार ३ सय १५ मत झरेको थियो ।  

प्रदेशसभाको  ‘ख’ निर्वाचन क्षेत्रमा एमालेले १४ हजार ३३२ मत, राप्रपा प्रजातान्त्रिकले ३ हजार ७३८, माओवादी केन्द्रले ३ हजार ६९० र कांग्रेसले ३ हजार ६४९ मत प्राप्त गरेको छ । यहाँ कुल ३२ हजार ४ सय ५७ मत खसेको थियो । 

धनकुटामा प्रतिनिधिसभामा ५ हजार ६६० मत बदर भएको छ । प्रदेस सभामा ‘क’ निर्वाचन क्षेत्रमा ४ हजार ८५५ बदर भएको छ ।  प्रदेस सभामा ‘ख’ निर्वाचन क्षेत्रमा ४ हजार ७४५ मत बदर भएको छ । त्यस्तै समानुपातिक तर्फ प्रतिनिधि सभामा ४९ दलले मत पाएपनि ३४ वटा दलको मत ५० भन्दा कम रहेको छ । यसमा पनि १० वटा दलको एक मत मात्रै रहेको छ । त्यस्तै प्रदेशसभा २७ दलले मत पाएका छन् । 

प्रकाशित: २६ मंसिर २०७४ ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App