२१ जेष्ठ २०७७ बुधबार
राजनीति

प्रदेशसभा १ ‘क’ दीपक थापा निर्वाचित

स्याङजा– प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट वामगठबन्धनका उम्मेदवार दीपक थापा निर्वाचित एका छन् । माओवादी केन्द्रबाट चुनावी मैदानमा उत्रिएका थापाले निर्वतमान सांसद कमल प्रसाद पंगेनीलाई २ हजार ७ सय २६ मतान्तरले पछाडी पार्दै जित हात परेका हुन् । पंगेनी नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति समेत हुन् । 

माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार परिषद सदस्य थापाले  १७ हजार ६ सय ६६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी पंगेनीले १४ हजार ३ सय ९२ मत ल्याए । त्यसैगरी राप्रपा नेपाल उम्मेदवार भूकिजंग केसी ४ सय ४४, जनमुक्ति उम्मेदवार रुद्र थापा १ सय ५६, मंगोल नेसनल अर्गनाइजेसन उम्मेदवार दुर्गाराम गुरुङले १ सय ३३ मत ल्याएका छन् ।

५३ हजार ३ सय ४८ जना मतदाता रहेका उक्त प्रदेशमा ३३ हजार ४ सय ९५ मत खसेको थियो । जस मध्ये ३२ हजार ७ सय ९१ मत सदर र ७ सय ३ मत बदर भएको जिल्ला निर्वाचन अधिकृत रमेशकान्त अधिकारी बताए । 

अहिले सम्मको मतगणना अनुसार स्याङजाको सबै क्षेत्रमा वामगठबन्धनका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् । 


 

प्रकाशित: २६ मंसिर २०७४ ०८:३६ मंगलबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App