१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रत्यक्षतर्फ वाम गठवन्धनको दुई तिहाई

काठमाडौं- प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ वाम गठवन्धनले दुई तिहाई बहुमत प्राप्त गरेको छ। वाम गठवन्धनका साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले १ सय १० सिटमा विजय प्राप्त गरेसँगै दुई तिहाई पुगेको हो।

एमालेले प्रत्यक्ष तर्फ ७६ सिटमा विजय प्राप्त गरेको छ भने माओवादीले ३४ सिटमा विजय भइसकेको छ। वाम गठवन्धनकै राष्ट्रिय जनमोर्चाले पनि १ सिटमा आफुलाई सुरक्षित गर्दा गठवन्धनले १ सय ११ सिटमा विजयी छ।

एमाले अझै ५ स्थानमा र माओवादीले २ स्थानमा अग्रता कायम गरेको छ। समानुपातिक र प्रत्यक्ष गरेर २ सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा दुई तिहाई पुर्‍याउनको लागि गठवन्धनलाई ७४ सिट आवश्यक छ। सामानुपातिक तर्फको मतगणना भैरहेको छ। समानुपातिक भोटमा पनि एमाले पहिलो र माओवादी तेस्रो स्थानमा रहेको छ। प्रतिनिधि सभामा दुई तिहाई बहुमत हुनको लागि १ सय ८४ सिट आवश्यक पर्छ।

नेपली कांग्रेसले २१ सिटमा विजयी भएको छ । संघीय समाजवादी फोरम १० सिट, राजपा १० सिट, नयाँ शक्ति, मजदुर किसान पार्टी,राप्रपा र स्वतन्त्र उम्मेदवारले १/१ सिटमा विजय निकालेका छन्। प्रत्यक्षतर्फको मत गणना अझै जारी छ।

 

 

 

 

प्रकाशित: २५ मंसिर २०७४ १३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App