६ वैशाख २०८१ बिहीबार
राजनीति

नवलपरासीमा को को जिते? को को हारे?

काँग्रेस महामन्त्री शशांक कोइराला जो नवलपरासी पूर्व-१ बाट विजयी भए।

नवलपरासी—नवलपरासीमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ विभिन्न दलका उम्मेदवार विजयी भएपछि दलहरुले आज विजय र्‍याली निकालेका छन्।

विभिन्न शहर बजारदेखि गाउँ-गाउँसम्म विजयी उत्सव मनाएका दलका नेता कार्यकर्ता र समर्थकमा खुसीयाली छाएको छ। नवलपरासी पूर्वको सदरमुकाम कावासोती बजार र नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार यतिबेला दलका विजयी र्‌याली छाएको छ।

नवलपरासी – (बर्दघाट सुस्ता) पूर्व र नवलपरासी –बर्दघाट सुस्ता पश्चिम गरी नवलपरासीमा प्रतिनिधिसभातर्फ चार र प्रदेशसभातर्फ ८ वटा निर्वाचन क्षेत्र छन्। विजयी उम्मेदवारको मतपरिणाम यस प्रकार छ।

प्रतिनिधिसभा

नवलपरासी पूर्व– १
काँग्रेस : डा.शशांक कोइराला:  ४०,६२० (विजयी)
माओवादी केन्द्र : भविश्वर पराजुली : ३६,५९६ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पूर्व– २
एमालेः तिलक महतः ३९,०५३ (विजयी)
काँग्रेसः विष्णु कार्की:  ३७,७२० (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पश्चिम– १
एमालेः हृदयेश त्रिपाठीः ३८,५९२ (विजयी)
काँग्रेसः देवकरण कलवारः ३३,५९१ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पश्चिम– २
कांग्रेसः देबेन्द्रराज कण्डेलः ३४,१३० (विजयी)
माओवादी केन्द्रः धनश्याम यादवः २३८९८ (निकटम प्रतिद्वन्द्वी)

प्रदेशसभा
नवलपरासी पुर्व– १ (क)
काँग्रेसः कृष्णचन्द्र नेपालीः १७,६८३ (विजयी)
माओवादी केन्द्रः सूर्यप्रसाद न्यौपाने १७,३११ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पुर्व– १ (ख)
एमालेः रोशन गाहा  २०,७९० (विजयी)
कांग्रेसः महेन्द्रध्वज जिशी १९,९४१ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पूर्व– २ (क)
काँग्रेसः विष्णु लामिछानेः १९,२२२ (विजयी)
माओवादी केन्द्रः बालकृष्ण गैरेः १८,१६१ (निकटम प्रतिद्वन्द्वी

नवलपरासी पुर्व– २ (ख)
एमालेः जनकलाल श्रेष्ठः १९,२२२ (विजयी)
काँग्रेसः गणेशमान श्रेष्ठः १९,०४७ (निकटम प्रतिद्वन्द्वी

नवलपरासी पश्चिम–१ (क)
एमालेः दीपेन्द्रकुमार अधिकारीः २०,५०६ (विजयी)
काँग्रेसः विक्रम खनालः १८५०२ (निकटम प्रतिद्वन्द्वी )

नवलपरासी पश्चिम–१ (ख)
एमालेः अजय शाहीः १९३३३ (विजयी)
काँग्रेसः मुकुल आचार्यः १२,६०३ (निकटम प्रतिद्वन्द्वी )

नवलपरासी पश्चिम– २ (क)
एमालेः वैजनाथ चौधरीः २०,९०७ (विजयी)
काँग्रेसः गुणनिधि तिवारीः १७,११६ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पश्चिम–२ (क)
काँग्रेसः वैजनाथ कलवारः १४,५१५ (विजयी)
राजपाः नगेन्द्र अग्रहरीः १०,४३६ (निकटम प्रतिद्वन्द्वी)

प्रकाशित: २५ मंसिर २०७४ ०७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App