coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

६ वटा प्रदेशमा वाम सरकार बन्ने

काठमाडौं – प्रत्यक्ष निर्वाचनअन्तर्गत प्रतिनिधिसभामा मात्रै नभएर वामपन्थी गठबन्धनले ६ वटा प्रदेशमा पनि दुईतिहाइ स्थान हासिल गर्ने देखिएको छ। निर्वाचनको घोषित परिणामअनुसार सातवटा प्रदेशमध्ये प्रदेश २ बाहेक अन्यमा गठबन्धनमा आबद्ध दुई दल एमालेले पहिलो र माओवादीले दोस्रो स्थान ओगटेका छन्। 

सात प्रदेशका ३ सय ३० स्थानमध्ये एमालेले १ सय १८ मा जित हासिल गरिसकेको छ । मतगणना भइरहेका क्षेत्रमध्ये ३७ स्थानमा उसले अग्रता लिएको छ । त्यसैगरी  माओवादी केन्द्रले ५५ स्थानमा जित हात पार्दै १६ स्थानमा अग्रता कायम गरेको छ।

प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचनतर्फ ५६ स्थान रहेको प्रदेश १ मा ५४ स्थानमा गणना भएको छ । जसमा एमालेले ३३ स्थानमा जितेको छ भने तीन स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्रले चार स्थानमा जित  हात पार्दै एक स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसले ५ स्थानमा जित हासिल गर्दै एक स्थानमा अग्रता लिएको छ । संघीय समाजवादी फोरम नेपाल र स्वतन्त्र उम्मेदवारले एकएक स्थान जितेका छन्।

प्रदेशसभामा प्रत्यक्षतर्फ ६४ स्थान रहेको प्रदेश  २ मा भने मिश्रित परिणाम आएको छ । आइतबार राति १० बजेसम्म घोषित ३२ स्थानको परिणामअनुसार राजपा र संघीय समाजवादी फोरमको मधेसी गठबन्धनले १३ स्थान र वामपन्थी गठबन्धनले ११ स्थानमा जितेको अवस्था छ । नेपाली कांग्रेसले सात स्थानमा जित हासिल गरेको छ । फोरमले १०, राजपाले ४ एमालेले ६ र माओवादीले पाँच स्थानमा जितेका छन् ।  बाँकी स्थानमा गणना जारी छ।

त्यसैगरी  प्रदेशसभामा ६६ सिट भएको प्रदेश ३ को घोषित नतिजाअनुसार वामपन्थी गठबन्धनले ४६ स्थानमा जितेको छ भने ९ स्थानमा अग्रता लिएको छ । एमाले ३४ स्थानमा जित हासिल गर्दै ७ स्थानमा अघि छ । १२ स्थान जितिसकेको माओवादीले दुई स्थानमा लिड गरेको छ ।  सात स्थानमा जित हासिल गरेको कांग्रेस एक स्थानमा अघि छ । त्यस्तै नयाँ शक्ति पार्टीले एक स्थानमा जित हासिल गरेको छ। 

प्रदेश ४ को प्रदेशसभामा ३६ स्थान छन् । जसमध्ये २३ स्थानको परिणाम आइसकेको छ । नतिजाअनुसार  वामपन्थी गठनबन्धनले १८ स्थान जितेको छ भने दुई स्थानमा अग्रता लिएको छ । एमालेले १२ स्थान र माओवादीले छ स्थानमा जितेका छन् । कांग्रेसले तीन स्थान जित्दै चार स्थानमा अग्रता लिएको छ । नयाँ शक्ति र स्वतन्त्रले एकएक स्थान जितेका छन् । विवादका कारण यसै प्रदेशमा पर्ने स्याङ्जामा भने मतगणना सुरु हुनसकेको छैन । स्याङ्जाबाट प्रदेशसभामा चारजनाले प्रतिनिधित्व गर्नेछन्।  

यसैगरी ५ नम्बर प्रदेशमा प्रत्यक्षतर्फ ५२ स्थान छ । यो प्रदेशको प्रदेशसभा सदस्यमा पनि वामपन्थी गठबन्धनले तीनचौथाइ स्थानमा वर्चस्व कायम गरेको छ । ४९ स्थानको मतगणना सकिँदा वाम गठबन्धनले २८ स्थानमा जित हात पारेको छ । जसमध्ये एमालेले १६ स्थान जित्दै ८ स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्रले १२ स्थानम जितेर २ स्थानमा लिड गरिरहेको छ । चार सिट जितेको नेपाली कांग्रेसले चार स्थानमा अग्रता लिएको छ । राजपा र संघीय समाजवादी फोरमले एकएक सिट जितेका छन् । फोरमले एक स्थानमा अग्रता लिएको छ। 

प्रदेशसभामा प्रत्यक्षतर्फ ३२ सिट रहेको प्रदेश ६ को चार स्थानको परिणाम आउन बाँकी छ । घोषित २८ स्थानको परिणामअनुसार २० स्थानमा एमाले र माओवादी केन्द्र विजयी भएका छन् । दुई स्थानमा एमाले र दुई स्थानमा कांग्रेसको अग्रता छ। 

प्रत्यक्षतर्फ ७ नम्बर प्रदेशसभामा ३२ सिट छ । जसमध्ये १८ स्थानको परिणाम आउँदा वाम गठबन्धनले १६ सिट जितेको छ ।  ९ स्थान जितेको एमालेले ८ स्थानमा अग्रता कायम गरेको छ । माओवादीले सात स्थान जित्दै चार स्थानमा अग्रता लिएको छ । दुई स्थानमा जितेको कांग्रेसले २ स्थानमा अग्रता लिएको छ। 

प्रकाशित: २५ मंसिर २०७४ ०१:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App