१५ चैत्र २०८० बिहीबार
राजनीति

लिङ्देनको विजय र्‍यालीमा वाम पार्टीका झन्डा (फाेटाे फिचर)

सबै तस्विर: राजु अधिकारी

झापा– झापा ३ मा बाम पार्टीहरुको सहयोगमा चुनाव जितेपछि राप्रपाका राजेन्द्रप्रसाद लिङदेनले विजय जुलुस निकालेका छन् । झापाका अन्य क्षेत्रहरुमा भन्दा लिङदेनको क्षेत्रमा भिन्न दृश्य देखियो । 
झापाका अन्य चार क्षेत्रमा बाम पार्टी विजयी भएकाले विजयी र्‌यालीमा बाम पार्टीका झन्डा र क्रान्तिकारी गीतहरु बजाइए भने लिङदेनको विजय जुलुसमा बाम पार्टी समर्थकहरु सहभागी भएपनि राष्ट्रिय गीत मात्र बजाइयो । एमाले र माओवादीका झन्डा पनि फहराइए । राप्रपाको झन्डा त हुने नै भयो । राष्ट्रिय झन्डा पनि उल्लेख्य देखियो । 
झापा १ मा माओवादीका सुरेन्द्र कार्की, २, ४ र ५ नं क्षेत्रमा एमालेका उम्मेदवारहरु क्रमशः पवित्रा खरेल, एलपी साँवा र केपी शर्मा ओली विजयी भए । निर्वाचनमा पराजित भएपनि नेपाली कांग्रेसका क्षेत्र नं १ का उम्मेदवार विश्वप्रकाश शर्माले मतदातालाई धन्यवाद भन्दै आफ्नो क्षेत्र घुमेका छन् भने कांग्रेसका अन्य उम्मेदवारहरु देखिएका छैनन् । 

 

सबै तस्विर: राजु अधिकारी
सबै तस्विर: राजु अधिकारी
सबै तस्विर: राजु अधिकारी
सबै तस्विर: राजु अधिकारी
सबै तस्विर: राजु अधिकारी
सबै तस्विर: राजु अधिकारी
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App