coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विजय जुलुस जम्काभेट हुँदा काँग्रेस-फोरम कार्यकर्ताबीच झडप, ६ राउन्ड फायरिङ

रौतहट—रौतहटको राजपुरस्थित फरहतुवामा नेपाली काँग्रेस र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप भएको छ। रौतहट-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मोहम्मद अफताब आलमको विजय जुलुस राजपुर, फरहतुवा आइपुग्दा फोरम कार्यकर्तासँग भेट भएको थियो।

रौतहट-२ प्रदेश सभा (ख) तर्फ विजयी भएका फोरमका रामकिशोर यादवको विजय जुलुस त्यहीँ थियो।

दुवै पक्षबीच झडप सुरु भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन फायरिङ गरेको छ।

रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरेको छ। प्रहरीले हवाई फायर गरेपछि दुवै पक्षका कार्यकर्ता तितरबितर भएका छन्।

'झडपले अप्रिय रुप लिने देखिएपछि प्रहरीले बल प्रयोग गरेर दुवै पक्षलाई तितरबितर पारेको छ', एसपी पोखरेलले नागरिकन्युजसँग भने,  'प्रहरीले ६ राउन्ड हवाइ फायर गर्‍यो। अहिले स्थिति पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ।'

प्रकाशित: २४ मंसिर २०७४ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App