१६ चैत्र २०८० शुक्रबार
राजनीति

संखुवासभामा वाम गठबन्धनको अग्रता

संखुवासभा – जिल्लामा एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। 

अहिलेसम्मको मत गणना अनुसार प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले १८ हजार ४९६ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका दीपक खड्काले १७ हजार ५७० मत प्राप्त गरेका छन्। 

यस्तै, प्रदेश ‘क’ मा माओवादी केन्द्रका पूर्णप्रसाद राईले ११ हजार ८१० मत प्राप्त गरेका छन्। काँग्रेसका टंकप्रसाद राईले १० हजार ७२५ मत पाएका छन्। 

यसैगरी, प्रदेश ‘ख’ मा एमालेका तुलसीप्रसाद न्यौपाने आठ हजार ६५२ मतसहित अग्रता लिएका छन् भने काँग्रेसका दीपक लिम्बुले आठ हजार ५०९ मत प्राप्त गरेका छन्। 

प्रकाशित: २४ मंसिर २०७४ ०८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App