८ वैशाख २०८१ शनिबार
राजनीति

गुल्मीमा वाम गठबन्धनको क्लिनस्वीप

गुल्मी – दोस्रो चरणमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मीमा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । २ प्रतिनिधि सभा र ४ प्रदेश सभाका गरी ६ वटै स्थानमा वाम गठबन्धनले जित हात पारेको हो । 

प्रतिनिधि सभा क्षेत्र नम्बर १मा वाम गठबन्धनका उम्मेदवार तथा एमालेका केन्द्रीय सचिव प्रदीपकुमार ज्ञवालीले ३७ हजार ८ सय १७ मत प्राप्त गरी विजयी भएका छन। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले ३० हजार २ सय १४ मत पाएका छन् । ज्ञवाली र भण्डारीको मतअन्तर ७ हजार ५ सय ५८ रहेको छ । ज्ञवाली अहिले विजयी भएसगै तेस्रो पटक जनताबाट निर्वाचित भएका हुन । उनी २०५६, २०६४ र २०७४ मा विजयी भएका हुन भने २०७० मा झिनो मतले भण्डारीसगै पराजित भएका थिए । यस्तै प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेदवार माओवादीका नेता शुदर्सन बरालले १७ हजार ९ सय १० मत प्राप्त गरी बिजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पुथ बहादुर फौदारले १३ हजार २ सय ९९ मत प्राप्त गरेका छन् । बराल र फौदारको मतअन्तर ४ हजार ६ सय ११ रहेको छ । प्रदेश सभा ‘ख’ मा एमालेका कमलराज श्रेष्ठले १९ हजार ५ सय ९१ मतसहित बाजी मारेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका धनेन्द्र कार्कीले १६ हजार ३ सय ७३ मत प्राप्त गरेका थिए। 

क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार तथा एमालेका केन्द्रीय अर्का सचिव गोकर्ण विष्ट ३४ हजार  सय १८ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र केसीले २० हजार १ सय ५० मत प्राप्त गरेका छन । जनताका माझमा निकै लोकप्रिय मानिएका विष्टले काँग्रेसका उम्मेदवार केसीको भन्दा १४ हजार ४  सय ५९ मत ल्याएका छन। 

प्रदेश सभा ‘क’मा एमालेका खड्ग बहादुर केसीले १६ हजार ६ सय ६५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शालिक पन्थीले ११ हजार ६ सय ७३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मी तम्घासले जानकारी दिएको छ । केसी र पन्थीको मत अन्तर ४ हजार ४ सय ९२ रहेको छ । त्यस्तै प्रदेशसभा ‘ख’मा वाम गठबन्धनकै माओवादी पोलीटब्युरो सदस्य दिनेश पन्थीले १७ हजार ६ सय १ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका छन्द बहादुर पहराईले ९ हजार ५ सय ६४ मत प्राप्त गरेका छन् । पन्थी र पहराईको मत अन्तर ८ हजार ३७ रहेको छ। 

१ लाख ९६ हजार मतदाता रहेको गुल्मीमा १ लाख २८ हजार ७ सय ३९ मत खसेको थियो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा ७० हजार बढी मत खसेको थियो भने क्षेत्र नम्बर २ मा ५८ ५८ हजारभन्दा बढी मत खसेको हो । जिल्लामा खसेको मत मध्ये ३९ सय १६ मत बदर भएको हो। 

प्रकाशित: २४ मंसिर २०७४ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App