१६ चैत्र २०८० शुक्रबार
राजनीति

सोलुमा वाम गठबन्धनको ‘क्लिन स्वीप’

सोलुखुम्बुमा बाम गठबन्धनका विजयी उम्मेद्वारहरु । तस्बिर : राधा ढुंगाना

सोलुखुम्बु – एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको सोलुखुम्बुमा वाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । प्रतिनिधि सभामा माओवादी केन्द्रका नेता हेमकुमार रार्इ ‘सुरवीर’ २० हजार ७४७ मतले विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बल बहादुर केसीले १७ हजार २९४ मत प्राप्त गरेका छन्। 

त्यस्तै, प्रदेश सभा ‘क’ तर्फपनि वाम गठबन्धनका साझा उम्मेद्वार तथा नेकपा एमालेका नेता उत्तम कुमार बस्नेत विजयी भएका छन्। उनले १० हजार ७८५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश सिं कार्कीले ८ हजार ९२२ मत प्राप्त गरेका छन्। त्यस्तै, प्रदेश सभा ‘ख’ तर्फ वामका साझा उम्मेद्धार बुद्धि कुमार राजभण्डारी विजयी भएका छन्। उनको पक्षमा १० हजार ३८७ मत आउँदा नेपाली कांग्रेसका आङगेलु शेर्पाले ७ हजार ९२९ मत प्राप्त गरे। 

प्रतिनिधि सभा तर्फ नयाँ शक्ति पार्टी नेपालका सुनिल खड्काले ८२६ मत प्राप्त गरेका छन् भने, संघीय समाजवादी फोरम नेपालका लाक्पा शेर्पाले ३८१, राजपा नेपालका रामकाजी राईले १२८, नेपाल मजदुर किसान पार्टीका दोर्जी शेर्पाले ७५ मत प्राप्त गरेका छन् । यस्तै, मंगोल नेशनल अर्गनाईजेशनले ९४ मत पाएको छ । प्रदेश सभा ‘क’ तर्फ नयाँ शक्ति पार्टी नेपालका दीपक खड्काले एक हजार १५६ मत प्राप्त गरेका छन् भने, संघीय समाजवादी फोरम नेपालका चोलामाया बस्नेतेले एक सय, राजपा नेपालका श्रीध्वज तामाङले ७३ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा एमालेबाट असन्तुष्ट बनेर स्वतन्त्र उम्मेद्वारी दिएका लोचन कुमार शर्माले जम्मा २५४ मत प्राप्त गरेका छन्।

प्रदेश सभा ‘ख’ तर्फ संघीय समाजवादी फोरम नेपालका गंगा बहादुर थापा मगरले २४५ मत प्राप्त गरेका  छन् भने नयाँ शक्ति पार्टी नेपालका मुनिन्द्र बस्नेतले १२० र राजपा नेपालका प्रेम कुमारी राई (बस्नेत)ले ६० मत प्राप्त गरेका छन् । विजयी उम्मेद्वारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाण समेत प्रदान गरिसकेको छ भने अब समानुपातिक निर्वाचन प्रणाली अन्तरगतको मतगणना शुरु गर्ने तयारी गरिएको छ। 

सोलुखुम्बुमा लामो समयदेखि राजनीतिमा सक्रीय रहेका राजभण्डारी २०६४ सालको संविधान सभाको निर्वाचनमा पराजित भएका थिए भने २०७० सालको संविधान सभाको निर्वाचनमा समानुपातिक सूचिमा रहेर पनि सभासद् बन्न पाएका थिएनन् । बस्नेत लामो समय कम्युनिष्ट राजनीतिमा सक्रीय रहेका छन्।  

प्रकाशित: २४ मंसिर २०७४ ०४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App