७ वैशाख २०८१ शुक्रबार
राजनीति

डा. बाबुराम भट्टराई जीत नजिक

तस्विर सौजन्यः उत्तमबाबु श्रेष्ठ

गोरखा- गोरखा क्षेत्र नंम्बर २ मा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई जीत नजिक पुगेका छन्।

डा. भट्टराई निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ भन्दा ४९ सय मतले अगाडि छन्। भट्टराईले २७ हजार २ सय २३ मत प्राप्त गरेका छन्। श्रेष्ठले २२ हजार ३ सय २३ मत प्राप्त गरेका छन्। गोरखामा करिब ७ हजार ५ सयम मत गणना हुन बाँकी छ।

यस्तै निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश क मा नयाँ शक्तिका उम्मेदवार हरिशरण आचार्य विजयी भएका छन्। उनले तीन हजार दुई सय ७८ मतान्तरले माओवादी केन्द्रका उमेद्धवार कमला नहर्कीलाई पराजित गरेका हुन्।

आचार्यको १५ हजार तीन सय ४३ र नहर्कीको १२ हजार ६५ मत आएको छ । उक्त प्रदेशमा २९ हजार एक सय ४५ मत खसेको थियो । जसमा एक हजार ६७ मत फरक बदर भएको छ । आचार्य माओवादी युद्धका बेला लडाकुको भुमिका थिए । द्धन्द्धकै क्रममा उनको हातको औँला समेत गुमेको थियो । बाबुराम भट्टराईसँग निकट रहेका उनी नयाँ शक्ति पार्टी स्थापना हुँदा भट्टराई सँग थिए।

 

 

 

प्रकाशित: २३ मंसिर २०७४ १०:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App