१६ चैत्र २०८० शुक्रबार
राजनीति

दाहालले बढाए मतान्तर, झन्डै २ हजार भोटले अगाडि

माअाेवादी अध्यक्ष पुष्पकमल दाहाल। फाइल तस्विर

चितवन— एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले झन्डै २ हजार मतको अग्रता लिएका छन्। प्रतिनिधि सभा सदस्यमा चितवन-३ बाट उम्मेदवार रहेका उनले निकटम प्रतिद्वन्द्वीसँग २ हजार ९७ मतको अग्रता लिएका हुन्।

पछिल्लो परिणामअनुसार बाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार दाहालको ५ हजार २५६ मत छ। लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेले ३ हजार १५९ मत ल्याएर दाहाललाई पछ्‌याइरहेका छन्।

चितवन-३ मा अहिलेसम्म ९ हजार ७४ मत गणना भएको छ। यो क्षेत्रमा ९३ हजार ८२६ मत खसेको छ।

 

प्रकाशित: २३ मंसिर २०७४ ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App