१५ चैत्र २०८० बिहीबार
राजनीति

जुम्ला प्रदेश सभा (क) मा माओवादीका भण्डारी विजयी

जुम्ला- जुम्ला प्रदेश क्षेत्र नम्वर (क)मा वामगठवन्धनको तर्फवाट नेकपा माओवादीका उम्मेदवार नरेश भण्डारी भारी मतले विजयी भएका छन्। नेपाली काग्रेसका राजुसिंह कठायतलाई ४ हजार ४० मतले पछि पार्दै गठवन्धनका भण्डारी विजयी भएका हुन। भण्डारीले १२ हजार ५ सय ७४ मत प्राप्त गरेका छन । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कठायतले ८ हजार ५ सय ३४ मत प्राप्त गरे।

यता नेमकिपाका शिवलाल डागीले ९ सय २६ मतका साथ तेस्रो स्थान हासिल गरेका छन । प्रदेश क्षेत्र नम्वर (क)मा १ हजार ८ मत वदर भएका थिए । प्रदेश सभा (क) २३ हजार ६ सय २४ मत खसेको थियो । गोठिचौर गाउँपालिका कुम्डीगाउँका भण्डारीले २०६४ को पहिलो संविधान सभा निर्वाचनमा अत्याधिक मत ल्याएर विजयी भएका थिए । जुम्लामा भण्डारीको विजय संगै प्रदेश नम्वर ६ को मुख्यमन्त्रीको उम्मेदवार वन्ने औपचारीक वाटो खुलेको छ। यसअघि उनले मतदाता समक्ष वहुमत दिएर विजयी वनाएको खण्डमा मुख्यमन्त्री वन्ने आश्वासन दिदै आएका थिए । गोठिचौर गाउँपालिका ५ कुम्डी गाँउमा जन्मिएका भण्डारीको राजनैतिक यात्रा २०५१ सालवाट तत्कालिन नेकपा एकता केन्द्र निकट अखिल क्रान्तिकारी पुलचोकवाट शुरु भएको हो । उनले निमावि तह त्रिभुवन निमावि झारज्वाला र मावि तहको पढाई चन्दननाथ मावि खलंगावाट उतिर्ण गरे।

 

प्रकाशित: २२ मंसिर २०७४ १५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App