७ वैशाख २०८१ शुक्रबार
राजनीति

सिन्धुपाल्चोक- एकमा मतान्तर घट्दै - दुईमा राणा र तामाङबीच टक्कर

सिन्धुपाल्चोक-सिन्धुपाल्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को मतगणनामा सरकार प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पूर्वसञ्चारमन्त्री अग्निप्रसाद सापकोटासँगको मतान्तर घटाउँदै लगेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य बस्नेत लोकतान्त्रिकबाट र माओवादी केन्द्रका सचिवालय सदस्य सापकोटा बाम गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा छन् । सापकोटाले सुरुदेखि नै निरन्तर अग्रता लिइरहेका छन् । तर बस्नेतले मत बढाउँदै लैजाँदा सापकोटाको मतान्तर घट्न थालेको छ । यो क्षेत्रबाट २८ हजार १ सय ५१ मतगणना हुँदा सापकोटाले १४ हजार ५४ मतले अग्रता लिएका छन् । उनलाई निरन्तर पछ्याइ रहेका बस्नेतले ११ हजार ८३ मत पाएका छन् । सापकोटा २ हजार ९ सय ७१ मतान्तरले अघि छन् । मतगणना सुरु भएदेखि नै अग्रता लिएको सापकोटाले शुक्रबार बिहानसम्म मतान्तर ५ हजार नघाएका थिए । त्यसयता बस्नेतले क्रमशः अग्रता घटाइ रहेका छन् ।

यसैगरी सिन्धुपाल्चोक–२ मा नेकपा एमालेका शेरबहादुर तामाङ  १४३५४ मतसहित अग्रस्थानमा छन् भने लोकतान्त्रिक गठबन्धनका पशुपति शम्शेर राणा १३१५६ मत सहित पछ्याइरहेका छन् । यहाँ ३१०४३ मतगणना भईसकेको छ ।

 

 

प्रकाशित: २२ मंसिर २०७४ ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App