८ वैशाख २०८१ शनिबार
राजनीति

खोटाङमा वाम गठबन्धनको अग्रता कायमै

खोटाङ – खोटाङमा वाम गठबन्धनको अग्रता कायमै रहेको छ । शुक्रबार दिउँसो १.३० बजेसम्मको मत परिणाम अनुसार वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनभन्दा ३ हजार ९९० मतले अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेद्वार एमालेका विशाल भट्टराई १० हजार ९८८ मतसहित अग्रस्थानमा छन् । भट्टराईलाई ६ हजार ९९८ मत सहित कांग्रेसकी सरस्वती बजियमले पछ्याइरहेकी छन् । नयाँ शक्तीका मदन राईले ८४५ र संघीय समाजबादी फोरमका कृष्णकुमार राईले ५८८ मत ल्याएका छन्। 

प्रदेशसभा (क) मा वाम गठबन्धन लोकतान्त्रिकभन्दा २ हजार ८६ मतले अघि छन् । प्रदेशसभा (क) मा एमालेका राजन राईले ५८९७ मत र कांग्रेसका सुवासकुमार पोखरेलले ३८११ मत पाएका छन् । प्रदेशसभा (ख) मा माओवादी केन्द्रका रामकुमार राई ७०१३ मतका साथ अगाडि छन् । कांग्रेसका विष्णुकुमार राईले ४३०९ मतका साथ वाम गठबन्धनका उम्मेद्वारलाई पछ्याइरहेका छन् । प्रदेशसभा (ख) मा वाम गठबन्धन लोकतान्त्रिकभन्दा २७०४ मतले अगाडि देखिएका छन्।

दुई नगरपालिका र आठ गाउँपालिकामध्ये हालसम्म प्रदेशसभा (क) को केपीलासगढी, ऐसेलुखर्क तथा प्रदेशसभा (ख) का जन्तेढुंगा र खोटेहाङ गाउँपालिकाको मत गणना भइसकेको छ। 

बेलुका ७ बजेदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणना भइरहेको छ । खसेको ७१ हजार ३११ मतमध्ये हालसम्म करिब २७ हजार मत गणना सकिएको छ । जिल्लामा कूल मतदात संख्या १ लाख २५ हजार १०८ थियो । 

प्रकाशित: २२ मंसिर २०७४ ०८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App