coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

खोटाङमा वाम गठबन्धनको मतान्तर झन् बढ्यो

खोटाङ– खोटाङमा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा तीन हजारभन्दा बढी मतले अगाडि देखिएका छन्। शुक्रबार बिहान १० बजेसम्मको मत परिणाम अनुशार प्रतिनिधिसभा सदस्यका एमाले उम्मेद्वार बिशाल भट्टराई कांग्रेसकी सरस्वती बजिमय भन्दा ३ हजार २४४ मतले अगाडि छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भट्टराईले ९१५२ मत र बजिमयले ५९०८ मत पाएकी छन्। यस्तै, नयाँशक्तीका मदन राईले ७७३ र संघीय समाजबादी फोरमका कृष्णकुमार राईले ४६२ मत ल्याएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

वाम गठबन्धनले सुरुदेखि नै आफ्नो अग्रतालाई कायम राखेको छ । प्रदेशसभा (क) मा वाम गठबन्धन लोकतान्त्रिकभन्दा १६२० मतले अघि छन्। प्रदेशसभा (क) मा एमालेका राजन राईले ४६८४ मत र कांग्रेसका सुवासकुमार पोखरेलले ३०६४ मत पाएका छन्।

प्रदेशसभा (ख) मा माओबादी केन्द्रका रामकुमार राई ५२९२ मतका साथ अगाडि छन्। कांग्रेसका विष्णुकुमार राईले २९७२ मतका साथ वाम गठबन्धनका उम्मेद्वारलाई पछ्याइरहेका छन्। प्रदेशसभा (ख) मा वाम गठबन्धन लोकतान्त्रिकभन्दा २३२० मतले अगाडि देखिएका छन् । बेलुका ७ बजेदेखि मूख्या निर्वाचन अधिकृतको कार्यालयमा मत गणना भइरहेको छ । कूल १ लाख २५ हजार १०८ मतदाता रहेको जिल्लामा ७१ हजार ३११ मत खसेको थियो।

प्रकाशित: २२ मंसिर २०७४ ०५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App