coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जुम्लामा वाम गठबन्धनलाई पछयाउँदै कांग्रेस

जुम्ला– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणअन्तरगतको मतपरिणाम आउने क्रम जारी छ । जुम्लामा वामगठबन्धनलाई नेपाली का‌ंग्रेसले पछयाउँदै लगेको छ ।  अहिलेसम्म ८ हजार पाँच सय मत गनिसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार गजेन्द्रबहादुर महतले ४ हजार ३ सय ३५ मत प्राप्त गर्दै सुरु देखिको अग्रता कायमै राखेका छन् । उनलाई पछयाउँदै नेपाली कांग्रेसका देवेन्द्रबहादुर शाहीले २ हजार ६ सय ७६ मत प्राप्त गरेका हुन । नेमकिपाका डिल्ली काफ्ले ४२६ प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

यस्तै प्रदेश सभा (क)मा माओवादी केन्द्रका नरेश भण्डारीले ४ हजार ६ सय ३४ मत प्राप्त गरेर अग्रस्थानमा छन् ।  नेपाली काग्रेसका राजुसिंह कठायतले ३ हजार ४ सय १२ मत प्राप्त गरेका हुन् । नेमकिपाका शिवलाल डाँगीले २ सय ४३ मत प्राप्त गरेका हुन् ।

 प्रदेश क्षेत्र नम्वर (ख) मा नेकपा एमालेका पदमबहादुर रोकायाले ५ हजार ६९ मत प्राप्त गर्दै अग्रस्थानमा छन् । नेपाली कांग्रेसका भिमनिधी हमालले ३ हजार ५० मत प्राप्त गर्दै एमालेका रोकायलाई पछयाउँदै आएका छन् । अहिलेसम्म ३ सय ९४ मत वदर भएका छन् ।

प्रकाशित: २२ मंसिर २०७४ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App