१६ चैत्र २०८० शुक्रबार
राजनीति

आजको रात संक्रमणकालको अन्तिम रात: प्रधानमन्त्री देउवा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आजको रात संक्रमणकालको अन्तिम रात हुने बताएका छन्। प्रदेश तथा प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएलगतै विज्ञाप्ति जारी गर्दै देउवाले आम नेपाली जनतालाई बधाईसमेत दिएका छन्।

देउवाले निर्वाचनले राजनीतिक संवैधानिक संङ्क्रमणकालको अन्त्यगरी शान्ति सम्बृद्ध र स्थिर नेपालको यात्रा सुरु भएको बताएका छन्। ‘आजको रात पीडादायी संङ्क्रमणको अन्तिम रात हुनेछ, भोली विहानसँगै नेपाल शान्ति सम्बृद्धि र स्थिरताको नयाँ युगमा प्रवेश गर्नेछ,’ देउवाले सन्देशमा भनेका छन्।

देउवाले सात दशक लामो राजनीतिक अस्थिरता, शसस्त्र द्धन्द्ध र संङ्क्रमणकालपछि नेपाल बल्ल स्थायी शान्ति, सम्बृद्धि र राजनीतिक स्थिरताको नयाँ युगमा प्रवेश गरेको उल्लेख गरेका छन् । ‘यो ऐतिहासिक र उल्लासपूर्ण घडीमा म सम्पूर्ण नेपाली जनतालाई हाद्र्धिक बधाई दिन चाहानछु,’ देउवाले उल्लेख गरेका छन्।

देउवाले नयाँ संविधानको सफल कार्यान्वयतका लागि आवश्यक अन्तिम चरणको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन हर्षोल्लासका साथ सम्पन्न् भएको भन्दै असीम उत्सह र उमंगका साथ आ–आफ्नो मताधिकार प्रयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन्।

निर्वाचनमा खटिने सबैलाई धन्यवाद दिँदै उनले यसका लागि राजनीतिक इमान्दारीता र अदम्य साहस आवस्यक रहेको र निर्वाचन विथोलेर हिंसा र अस्थिरताको दुष्चक्रमा फसाउने तत्व सक्रिया रहेको समेत उल्लेख गरेका छन् । ‘तर मेरो नेतृत्वको सरकार कहिल्यै विचलित भएन संविधानप्रति असन्तुष्ट दललाई हामीले वार्ताको माध्यामद्वारा निर्वाचनमा सहभागी गरायौं,’ उनले भनेका छन्, ‘धैर्य र राजनीतिक कौशलका साथ सम्पूर्ण विध्न बाधाहरु छिचोल्यौ।’

 

 

प्रकाशित: २१ मंसिर २०७४ १४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App