७ वैशाख २०८१ शुक्रबार
राजनीति

सिन्धुपाल्चोकमा यसरी हुँदैछ मतगणना (भिडियो)

सिन्धुपाल्चोक—सिन्धुपाल्चोकमा ठीक पाँच बजेबाट मतगणना भइरहेको छ। प्रतिनिधिसभा सदस्यको मतगणना भइरहेको हो । यहाँ दुईटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन्।

दोस्रो चरणमा निर्वाचन सकिँना साथ मतगणना सुरु गरिएको हो। क्षेत्र नं. १ तर्फ लिखंखुपारस्थित महादेवस्थान केन्द्र र सुनकोसीको सेतीदेवी मावि (ख) केन्द्रको मत मिसाएर मतगणना भइरहेको छ।

त्यस्तै क्षेत्र नं. २ को भोटेनाम्लाङ केन्द्र र शिखरपुरको शितलादेवी मावि केन्द्रको मत एकै ठाउँमा मिसाएर गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्ला कृषि विकास कार्यालयको छुट्टाछुट्टै तलामा मतगणना भइरहेको हो।

मतगणना स्थललाई तारजालीले बेरेर बलियो बनाइएको छ। भित्र गणक कर्मचारी र बाहिर दलका प्रतिनिधि बस्ने व्यवस्था मिलाइएको हो। जहाँबाट प्रतिनिधिले मतपत्र र स्वस्तिक चिह्न देख्न मात्र सक्छन्। २४ देखि ३० घण्टाभित्र प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत दीपक खनालले बताए।

प्रकाशित: २१ मंसिर २०७४ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App