१६ चैत्र २०८० शुक्रबार
राजनीति

मतदानपछि प्रधानमन्त्री देउवाले भने- 'कांग्रेसले बहुमतसहित सरकार बनाउँछ'

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। उनले डडेलधुरास्थित गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेका हुन्।

मतदानपछि उनले समृद्ध र लोकतान्त्रिक नेपाल निर्माणका लागि आफ्नो मताधिकार प्रयोग गरेको बताए। 'तपाईंहरूलाई पनि निर्धक्कसाथ आफ्नो मताधिकार प्रयोग गरी यो ऐतहासिक निर्वाचनलाई एउटा उत्सवमा परिणत गर्न आग्रह गर्दछु,' उनले ट्विटरमा उल्लेख गरेका छन्।

उनले प्रदेशका राजधानी पनि चाँडै तोकिने बताए। उनले निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गरे। 'अबको सरकार कांग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि कांग्रेसको हो,' उनले भने। 

देउवाले बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन्। प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेका उनले सो मतदान केन्द्रबाट छैटौंपटक मतदान गरेका हुन्। मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौँ फर्किएका छन्।

प्रकाशित: २१ मंसिर २०७४ ०६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App