१५ चैत्र २०८० बिहीबार
राजनीति

तुल्सिपुर विद्यापिठ मतदान केन्द्रमा शंकर पोखरेलले गरे मतदान

विजौरी– दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ अन्तर्गत जनता विद्यापिठ बुथमा मतदान कार्य सुरु भएको छ । उक्त मतदान केन्द्रमा नेकपा एमालेका नेता तथा पाँच नम्बर प्रदेशका मुख्य मन्त्रीका प्रस्तावित उम्मेदवार शंकर पोखरेलले पहिलो मतदान गरेका छन् ।

मतदानपछि पोखरेलले संविधान कार्यान्वयनको खुट्किलोमा रहेकाले यो निर्वाचनले शान्ति र स्थिरता दिने बताए । राजनीतिक दलहरुका बीचमा गठबन्धन बनेर स्थायी सरकार दिने उनको भनाइ थियो । उनी दाङ क्षेत्र नम्बर २ क बाट उम्मेदवार पनि हुन् ।

 

प्रकाशित: २१ मंसिर २०७४ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App