१६ चैत्र २०८० शुक्रबार
राजनीति

सबै तयारी पुरा: निर्वाचन आयोग

काठमाडाैं- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गतको दोस्रो चरणमा बिहीवार ४५ जिल्लामा हुने मतदानको सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन हुने ४५ जिल्लामा मतदान अधिकारी लगायतका कर्मचारीहरु र सुरक्षा व्यवस्थापन, मतदान सामग्रीहरु मतदान केन्द्रमा पुगिसकेको आयोगले जनाएको हो ।

बिहीवार हुने मतदानका लागि ४५ जिल्लामा १५ हजार ३ सय ४४ मतदान केन्द्र तय गरिएका छन् । निर्वाचनका लागि १ लाख ५५ हजार कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ । त्यसैगरी निर्वाचन सुरक्षाका लागि  कूल १ लाख ७२ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् । निर्वाचनमा ४५ जिल्लाका प्रतिनिधि सभातर्फ १ सय २८ तथा प्रदेशसभातर्फ २ सय ५६ सिटका लागि मतदान हुदैछ । दोस्रो चरणको चुनावमा कुल ४ हजार ४ सय १२ उम्मेदवार चुनावी मैदानमा उत्रीएका छन् । बिहीवार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । बिहीवारको निर्वाचनका लागि १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाता छन् । निर्वाचन सुरक्षाका लागी पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी, र तेस्रोमा नेपाली सेना परिचालन हुने निर्वाचन आयोगले जनाएको छ । 

प्रकाशित: २० मंसिर २०७४ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App