१६ चैत्र २०८० शुक्रबार
राजनीति

यस्तो छ मतगणनाको तयारी (भिडियो)

सिन्धुपाल्चोक—पहिलो चरणमा मतदान भएको सिन्धुपाल्चोकमा दोस्रो चरणको निर्वाचन सकिँनासाथ मंसिर २१ गते साँझ ५ बजेबाट मतगणना सुरु गरिने भएको छ।

गणना सुरु गरेको २४ देखि ३० घण्टाभित्र अन्तिम परिणाम सार्वजनिक हुने गरी मतगणना तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ‘मतगणना एकैछिन पनि नरोकिने गरी गणक कर्मचारीको टीम बनाएका छौँ,’ मुख्य निर्वाचन अधिकृत दीपक खनालले नागरिकन्यूजसँग भने, ‘मतपत्र सर्टिङ (मिलाउने) र गन्ने छुट्टाछुट्टै समूह हुनेछ।’

गणनाको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै गणनास्थलमा तार जाली लगाइने उनले बताए। उनले थपे, ‘तार जालीको घेराभित्र गणक कर्मचारी र त्यस बाहिर उम्मेदवारका प्रतिनिधि रहने छन्। प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्।’

मतदानपछि संकलित मटपेटिकालाई तीन घेराको सुरक्षा दिएर जिल्ला कृषि विकास कार्यालयमा अत्येन्त मजबुत सुरक्षासाथ भण्डारण गरिएको छ। जहाँ कार्यालय परिसरमा टेन्ट गाडेर चौवीसै घण्टा बसिरहेका दल तथा उम्मेदवारका प्रतिनिधिले सिसी टिभीमार्फत प्रत्यक्ष पहरेदारी गरिरहेका छन्।

भिडियो : ध्रुव दंगाल

प्रकाशित: १८ मंसिर २०७४ १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App