coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचन गतिविधि स्थगित नगर्न गगन थापाको आग्रह

अस्पतालबाट डिस्चार्ज भएपछि मिडियासँग कुराकानी गर्दै थापा।

काठमाडौं— बम आक्रमणमा घाइते भएर त्रिवि शिक्षण अस्पताल भर्ना भएका काठमाडौं क्षेत्र नं. ४ का नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले निर्वाचन अभियान जारी राख्न कार्यकर्तालाई आग्रह गरेका छन्। उनले मतदातालाई सुरक्षा स्थिति मजबुद छ भन्ने आश्वस्त बनाइदिन सरकारसँग आग्रह गरे।

'निर्वाचन गतिविधिलाई असर पुगोस् भनेरै हिंसात्मक गतिविधि गराइएका हुन्', अस्पतालबाट डिस्चार्ज भएपछि थापाले शुभेच्छुकहरुसँग भने, 'निर्वाचन गतिविधि रोकेमा हिंसालाई अझ बल पुग्नेछ। त्यसैले कुनै पनि निर्वाचन गतिविधि नगरोक्नुहोस्।'

'निर्वाचन गतिविधिलाई असर पुगोस् भनेरै हिंसात्मक गतिविधि गराइएका हुन्', अस्पतालबाट डिस्चार्ज भएपछि थापाले शुभेच्छुकहरुसँग भने, 'निर्वाचन गतिविधि रोकेमा हिंसालाई अझ बल पुग्नेछ। त्यसैले कुनै पनि निर्वाचन गतिविधि नगरोक्नुहोस्।' उनले कार्यकर्तालाई आक्रोसित नहुन र संयमता नगुमाउन आग्रह गरे।

चाबहिलको सभालाई सम्बोधन गर्ने

बम विस्फोटमा घाइते भएपछि गगन थापाको चुनाबी अभियान सामान्य प्रभावित भएको छ। प्रचार प्रसारको अन्तिम दिन उनले सम्बोधन गर्न तय भएका तीन वटा सभामा सम्बोधन नगर्ने भएका छन्। तर पूर्वनिर्धारित सभाहरु भने यथावत रहने थापाको सचिवालयले जनाएको छ। चाबहिलमा हुने सभालाई भने उनले सम्बोधन गर्नेछन्।

सोमबार बुढानिलकण्ठ नगरपालिका-२ स्थित चपलीमा गगन थापाको चुनाबी अभियानमा बम अाक्रमण भएको थियो। घटनामा थापासहित ११ जना घाइते भएका थिए। सबै घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये राजकाजी श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठको अवस्था गम्भीर छ। बमको छर्रा शरीरमा लागेका कारण उनीहरुको अप्रेसन गर्ने तयारी भइरहेको छ।

भिडियो: केशव थोकर/दिनेश गोले

प्रकाशित: १८ मंसिर २०७४ ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App