८ वैशाख २०८१ शनिबार
राजनीति

गगन थापाको चुनाबी अभियानमा बम अाक्रमण : घाइतेको अवस्था बुझ्न शिक्षण अस्पतालमा शुभेच्छुकको भिड (फोटो)

घाइते थापालाई त्रिवि शिक्षण अस्पतालमा ब्यान्डेज लगाइँदै। तस्विरः दीलिप पाैडेल

काठमाडौं— प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं— काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापा बम आक्रमणमा घाइते भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका छन्। बुढानिलकण्ठ नगरपालिका-२ चपलीको माटो कोलनीमा चुनाबी अभियानका क्रममा उनीमाथि सोमबार आक्रमण भएको हो।

घाइते हुनेहरुमा जयराज लामिछाने, राजकाजी श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, रिना बरुवाल, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, गगन थापा, रवीन्द्र कार्की, कविलाल श्रेष्ठ, पर्शुराम थापा एवं ध्रुव खड्का रहेका छन्। घाइतेमध्ये राजकाजी श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठको अवस्था गम्भीर छ। बमको छर्रा शरीरमा लागेका कारण उनीहरुको अप्रेसन गर्ने तयारी भइरहेको छ।

बम आक्रमणमा घाइते भएकाहरुको अवस्था बुझ्न सयौं शुभेच्छुक त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

तस्विरः दिनेश गोले र केशव थोकर

 

घाइते थापालाई त्रिवि शिक्षण अस्पतालमा ब्यान्डेज लगाइँदै। तस्विरः दीलिप पाैडेल
घाइते थापालाई त्रिवि शिक्षण अस्पतालमा ब्यान्डेज लगाइँदै। तस्विरः दीलिप पाैडेल
घाइते थापालाई त्रिवि शिक्षण अस्पतालमा ब्यान्डेज लगाइँदै। तस्विरः दीलिप पाैडेल
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App