८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री बसेको होटल नजिकै बम

धनगढी - प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बसेको धनगढीको एक होटल नजिकै बम फेला परेको छ । धनगढी उपमहानगरपालिकास्थित तारानगरमा बिहान फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । 
बालुवा राखिएको बोरामा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ । केही दिनदेखि प्रधानमन्त्री देउवा धनगढीमा मुकाम बनाएर सात नम्बर प्रदेशका चुनावीसभाहरुमा व्यस्त छन् ।
यसैबीच, नवलपरासीको देवचुलीमा नेपाली कांग्रेसका उम्मेदवारको प्रचार प्रसारमा प्रयोग गरिएको कारमा अज्ञात समुहले आगजनी गरेको छ । नवलपुर प्रतिनिधिसभा–१ मा कांग्रेसको प्रचार प्रसारमा प्रयोग गरिएको लालकुमार श्रेष्ठको कारमा गएराति आगजनी भएको हो ।
घरमा पार्किङ गरी राखिएको अवस्थामा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले जानकारी दिए ।

 

प्रकाशित: १८ मंसिर २०७४ ०५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App