coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बागीले वाम गठबन्धनका उम्मेदवारलाई समस्या

बारा – मंसिर २१ गते गर्न लागिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मनोनयपत्र दर्ता गराएका  वाम गठबन्धनतर्फका अधिकारिक उम्मेदवारहरू बागी उम्मेदवारका कारण समस्यामा परेका छन्।

वाम गठबन्धनका अधिकारिक उम्मेदवारको बिरोधमा  ती दलकै नेता कार्यकर्ता बागी बनेपछि भोट बाँडिने  भएकाले अधिकारिक उम्मेदवार नै समस्यामा परेका हुन्। 

वाम गठबन्धन बलियो रहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा नै बागी उम्मेदवारी परेकोले गर्दा चुनावमा वाम गठबन्धनलाई जित हात पार्न मुस्किल पर्ने बताइएको छ । वाम गठबन्धनबाट प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेका एमाले बाराका उपाध्यक्ष देवनारायण चौधरीको बिरोधमा एमालेकै मोजाहिर अंसारीले बागी उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रेका छन्। 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ मा मुस्लिम समुदायको बाहुल्यता रहेकोले एमालेका बागी उम्मेदवार अंसारीतिर मुस्लिम समुदायले भोट हाल्ने सम्भावना बढी रहेको सो क्षेत्रका स्थानीयले बताएका छन्। 

यसअघि २०७० सालको निर्वाचनमा एमालेबाट  निर्वाचन क्षेत्र नं. ४ मा एमालेका नेजमा खातुन निर्वाचित भएकी थिइन् ।
निर्वाचित नेजमा आलमलाई एमालेले प्रतिनिधि तथा प्रदेशसभामा टिकट पनि नदिएको र ती समुदायबाट प्रतिनिधित्व गर्ने अन्यलाईसमेत प्रतिनिधिसभा र प्रदेशसभामा टिकट नदिएको कारण मुस्लिम समुदाय चिडिएको अवस्था छ। 

चौधरीको बिरोधमा बागी उम्मेदवारी दिएका अंसारीलाई एमालेले उम्मेदवारी फिर्ता लिन पटकपटक अग्रह गर्दा पनि उम्मेदवारी फिर्ता नलिए पछि एमाले बाराले अंसारीलाई काराबाही गरी पार्टीबाट निस्कासनसमेत गरेको छ । सो क्षेत्रबाट प्रतिनिधिसभाका लागि कांग्रेसका लालबाबु सिंह चुनावी मैदानमा छन्। 

प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश (क) का लागि वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले बाराका जिल्ला अध्यक्ष सुन्दर विश्वकर्माको बिरोधमा समेत एमालेकै  जिल्ला सल्लाहकार सदस्य भरतबहादुर घले बागी छन् ।
एमाले जिल्ला अध्यक्ष विश्वकर्मा  विरुद्ध नै प्रदेशसभा निर्वाचनमा बागी दिएका घलेलाई पनि एमाले बाराले कारवाही गरी पार्टीबाट निकालेको जनाएको छ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी नेतृ ज्वाला साहको बिरोधमा पनि एमालेका प्रदेशसभा सदस्य  भरतबहादुर खड्काले बागी उम्मेदवारी दिएका छन् ।
बागी उम्मेदवारी दिएका खड्कालाई बनाउन जिल्लाका वाम गठबन्धनदेखि एमाले केन्द्रीय नेताले प्रयाग गरे पनि खड्काले उम्मेदवारी फिर्ता नगरी भोट माग्दै छन्।

जिल्लाको उत्तरी भेगको डुमरवाना घर भएका खड्काको उत्तरी क्षेत्रमा राम्रो पकड भएका नेताका रुपमा चिनिन्छ । उनको कारण गठबन्धनका उम्मेदवारलाई जाने भोट बाँडिने सम्भावना छ। 

त्यसैगरी ३ को (ख) प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका एम समिउल्लाहका बागी अब्दुल कलाम (मदनी) रहेका छन्। 

मदनीले मुस्लिम समुदायका लागि काम गर्दै आएका  कारण मुस्लिमहरुको झुकाव मदनीतिर बढी हुने जानकारहरूले बताएका छन्। 

यस क्षेत्रमा मुस्लिम समुदायको लगभग १२ हजारको हाराहारीमा मतदाताहरु रहेका छन् ।
प्रतिनिधिसभा ३ को निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुर चुनावी मैदानमा छन्।

बागी उम्मेदवारीले बाम गठबन्धनको भोट बाडिने सम्भावना रहे पनि यसले गठबन्धनका उम्मेदवारलाई कुनै असर नगर्ने पौडेलले बताए।

बाम गठबन्धनको विरुद्धमा बागी उम्मेदवार बनेकाहरुलाई  कारवाही गरेकोले अन्य कार्यकर्ताहरु कारवाही खाने डरले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने माहौल बन्दै गएको उनले बताए ।

प्रकाशित: १४ मंसिर २०७४ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App