coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओली कटाक्ष : प्रधानमन्त्रीले जवाफ दिनुपर्छ नेपाल कति वटा देश हो ? (फोटो/भिडियो)

काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीले घोषणापत्रमा उल्लेख गरेको मधेस अलग राष्ट्र भन्ने व्याख्याप्रति प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन्। राजपाको नाम नलिई उनले भने, ‘एउटा पार्टीले भन्छ नेपाल एउटा होइन बहुराष्ट्र  भन्छ। काँग्रेस त्यसमै ताली बजाउँछ, म तपाइँहरुका अधिकार दिलाउन चाहन्छु भन्दै जान्छ। ढाँट्छ। जनता अलमल्याउँछ।’

‘म प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्न चाहन्छु । नेपाल कति वटा देश हो ? कति वटा राष्ट्र हो? म काँग्रेसलाई भन्न चाहन्छु कमसेकम देशलाई माया त गर्न सिक’, उनले भने।

मंगलबार नयाँ वानेश्वरमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो विषयमा प्रधानमन्त्री एवं काँग्रेसले जवाफ दिनुपर्ने उनले जनाए।

‘म प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्न चाहन्छु । नेपाल कति वटा देश हो ? कति वटा राष्ट्र हो? म काँग्रेसलाई भन्न चाहन्छु कमसेकम देशलाई माया त गर्न सिक’, उनले भने।

मंसिर ७ गते घोषणा सार्वजनिक राजपाको घोषणापत्रमा मधेस छुट्टै देश भएको विवादास्पद व्याख्या समावेश भएकोप्रति ओलीले प्रश्न उठाएका हुन्।

मधेसबासीको जीवन पद्धति, संस्कृति, सभ्यता एवं मनोविज्ञान भारत र मरिसस (भारतीय बहुल मुलुक) सँग मेलखाने घोषणापत्रमा उल्लेख छ। एक राज्य एक राष्ट्रको गलत भएको भन्दै राजपाले नेपाल बहुराष्ट्रिय मुलुक भएको पुष्टि गर्न विभिन्न तर्क पेश गर्दै घोषणा पत्र सार्वजनिक गरेको थियो।

भिडियो/तस्विरः प्रबिन कोइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App