१६ चैत्र २०८० शुक्रबार
राजनीति

तीन दिन लगाएर मतपेटिका खलंगा

जाजरकोट- आइतबार मतदान  सकिएको  जाजरकोटमा  तीन दिन पछि  सवै मतपेटिकाहरु  सदरमुकाममा पुगेका छन्।  भौगोलिक विकटता र सडक सन्जालको अभाव भएका कारण जिल्लाका  एक सय १६ मतदान केन्द्रवाट  सवै मत पेटिकाहरु मंगलवार साँझ सदरमुकाम खलंगा पुगेका हुन्।

 जिल्लाका  ८५ वटै मतदान स्थलका सवै  मतदान केन्द्रवाट मतपेटिकाहरु लिएर सुरक्षाकर्मी र कर्मचारीहरु १० गते  साँझ नै  हिडेपनि  पैदल यात्रा गर्नु परेका कारण सदरमुकाममा पुग्न ढिलो भएको  मुख्य निर्वाचन अधिकृत  देवकुमार गिरीले  बताए।  धेरै  टाढाको दुरीमा मतदान केन्द्रहरु भएकोले  एक ठाउँमा संकलन गरेर  सदरमुकामतिर हिंडाउन लाग्दा  ढिलो गरि सदरमुकामा  मतपेटिकाहरु संकलन भएको  गिरीले बताए।  उनका  अनुसार सवैभन्दा पहिले भेरी नगरपालिकाका  मतपेटिकाहरु  खलंगा पुगेको  सवै भन्दा ढिलो बारेकोट गाउँपालिका र  नलगाड नगरपालिकाका मतपेटिकाहरु  मंगलवार  साँझ पुगेका छन्।

सदरमुकाम खलंगामा  ल्याइएका  एक सय १६ मतदान केन्द्रका  ३सय ४८ वटा  मतपेटिकाहरु  मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालत र  भेरी नगरपालिका ३ ठाँटीवजार स्थित वृद्धाश्रमको हलमा  राखिएको  छ । मत पेटिका  राखिएको स्थान नजिकै  विभिन्न दलका नेता कार्यकर्ताहरु पनि कुरेर बसेका छन्। सुरक्षा घेरा भित्र रहेका  मतपेटिकाहरुको  निगारानी गर्नका  लागि  वाम गठवन्धन र नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले  सक्रियता देखाएका छन् । पालो पालो गरि  दलका  कार्यकर्ताहरु नेताहरुले  मतपेटिका रहेको ठाउँमा बस्न थालेपछि  मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको  क्षेत्रमा  रमाइलो वातावरण छाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  प्रत्यक्ष तर्फका सवै मतपेटिकाहरु जिल्ला अदालत र समानुपातिक तर्फका  मतपेटिकाहरु  वृद्धाश्रमको हलमा राखिएको छ ।दोस्रो चरणको निर्वाचन सकिएपछि मात्र मतगणना हुने भएकाले  मतपेटिकाहरु मंसिर २१ गते सम्म  नेपाली सेना र शसस्त्र प्रहरीको  कडा सुरक्षा घेरामा  राखिएको  छ।

प्रकाशित: १२ मंसिर २०७४ १०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App