coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

हस्ताक्षर नगरेको मतपत्र दिने मतदान अधिकृतलाई कारबाही

बेँसीशहर (रासस)-  लमजुङको एक मतदान केन्द्रका मतदान अधिकृत कारबाहीमा परेका छन्। मतदानका क्रममा गलत नियत देखाएका मध्यनेपाल¬–७ कुष्माकर मावि ‘ख’ केन्द्रका मतदान अधिकृत कुमारनाथ न्यौपाने कारबाहीमा परेका हुन्।
बिहान ७ बजेदेखि शुरु भएको शान्तिपूर्ण निर्वाचनमा राजनीतिक आस्थाको आधारमा मतदातालाई हस्ताक्षर बिनाको मतपत्र दिएको भन्दै उजुरी परेपछि उनी कारबाहीमा परेका हुन् । न्यौपानेले काँग्रेस पक्षधर मतदातालाई हस्ताक्षर नगरी मतपत्र दिएका थिए ।
मतदानका क्रममा स्थानीय मतदाताले मतपत्रमा हस्ताक्षर नदेखेपछि उजुरी गरेका थिए । त्यसअघि २०० भन्दा बढीले मतदान गरिसकेको जनाइएको छ । न्यौपानेले ४० भन्दा बढी मतपत्रमा हस्ताक्षर नगरेको अनुमान गरिएको छ ।
सोही विषयमा विवाद भएपछि स्थानीय राजनीतिक दल र निर्वाचन अनुगमन समितिको बैठक बसी मतदान अधिकृतलाई जिम्मेवारीमुक्त गरिएको छ । सो मतदान केन्द्रमा खटिएका सहायक निर्वाचन अधिकृतलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए।
मतदान केन्द्रमा विवाद भएपछि दुई घण्टाभन्दा बढी मतदान रोकिएको थियो। १२३ मतदानस्थल र १६५ मतदान केन्द्र रहेको लमजुङमा अन्य स्थानमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ।

 

प्रकाशित: १० मंसिर २०७४ १४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App