७ वैशाख २०८१ शुक्रबार
राजनीति

पिँठ्युमा बाेकेरै मतदान केन्द्र (फोटो फिचर)

धादिङ— धादिङमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। अधिकांश मतदान केन्द्रमा विहान ७ बजेदेखि नै मतदान सुरु भए पनि दुर्गमका केही मतदान केन्द्रमा भने बुथ प्रतिनिधि राख्ने विषयमा विवाद भएपछि दिउसोबाट मात्रै मतदान सुरु भएको छ।

हिँड्न नसक्ने अवस्थाका बृद्धबृद्धालाई दलका कार्यकर्ताले बोकेर पनि मतदान केन्द्रसम्म पुर्‍याएका छन्। १० दिनको कृयापुत्रीले पनि सेतो पहिरनमै गएर मतदान गरेका छन्।

उत्तरी धादिङको दुर्गममा पर्ने खनियाबास गाउँपालिकाको बेन्दीदेवी निमावि, रुवीम्याली गाउँपालिकाको दोङ्देनदेवी माविको मतदान केन्द्रमा भने दिउसो १२ बजेपछि मात्रै मतदान सुरु भएको  जिल्ला निर्वाचक कार्यलय धादिङका प्रमुख इश्वर सिंखडाले जानकारी दिएका छन्।

हिँड्न नसक्ने अवस्थाका बृद्धबृद्धालाई दलका कार्यकर्ताले बोकेर पनि मतदान केन्द्रसम्म पुर्‍याएका छन्। १० दिनको कृयापुत्रीले पनि सेतो पहिरनमै गएर मतदान गरेका छन्।

धुनीवेशी नगरपालिका– ५ अमिलीचौरमा मतदान केन्द्र र गजुरी गाउँपालिका– ४ राक्सिङ कैन्द्र जाने बाटोमा मतदातालाइ त्रसित बनाउन बम राखिए पनि नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि उत्साहपूर्वक मतदान भइरहेको छ।

धादिङमा १ सय ९ मतदान स्थल र २ सय ७५ मतदान केन्द्र छ । जिल्लामा २ लाख ३३ हजार ४ सय ७५ मतदाता छन् । दिउसो २ बजेसम्ममा करि ४० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App