२२ असार २०७७ सोमबार
राजनीति

विप्लबका जिल्ला नेताले पार्टी छोडे, वैद्य माओवादी प्रवेश

चितवन— नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको राष्ट्रिय युवा जनस्वयमसेवक संघका केन्द्रीय समितिको सचिवालय सदस्य तथा सो पार्टीको चितवन जिल्ला समिति सचिवालय सदस्य सुरज शर्मा रघुबीरले पार्टी परित्याग गरेका छन्।

शुक्रबार निकालेको विज्ञप्तिमा उनले आफु मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा लाग्ने बताएका छन्।

‘हालसम्म क्रियाशील रहेको पार्टी नेपाल कम्युनिष्ट पार्टीको सबै जिम्मेवारी त्याग्दै नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेश गरेको छु। सबै सच्चा कम्युनिष्टहरु अब यही पार्टीको झण्डामुनी गोलवद्ध हुनु अहिलेको आवश्यकता हो’ शर्माले निकालेको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: ८ मंसिर २०७४ १२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App