८ वैशाख २०८१ शनिबार
राजनीति

विप्लप पार्टीका १० नेता पक्राउ

धनकुटा– निर्वाचनविरोधी गतिविधि सञ्चालन गर्ने आशंकामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित एक दर्जन कार्यकर्ता पक्राउ परेका छन् ।

जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतम सहित १० जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । नेकपा विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका धनकुटा जिल्ला इन्चार्जसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

निर्वाचन विरोधी गतिविधि गर्दै आएका नेकपाका धनकुटा जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतम र जिल्ला सदस्य रणकुमार राई, बिज्ञान भनिने मोहन ओझा, नरजित राई, प्रेम कटेल, कुबेरमान राई, जनक राई, हेमकुरमार मगर, हरी श्रेष्ठ, सुरेश राई, यज्ञ भण्डारी र हेम मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला सदस्य रणकुमार राईले प्रयोग गर्दै आएको मे.३ प ११८० नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा सुरक्षा व्यवस्था कडा पार्दै निर्वाचन विरोधी गतिबिधिमा संग्लग्नलाई  निगरानी बढाएको प्रहरीले एक हप्ता अगाडिदेखि निर्वाचनविरोधी गतिविधिमा संग्लग्नलाई पक्राउ गर्न थालेको थियो ।

निर्वाचनविरोधी गतिविधि सञ्चालन हुनसक्ने भन्दै पक्राउ परेका नेता कार्यकार्यकर्तालाई आगार्मी मंसिर २१ गते प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचन पछि मात्र छोडिने जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताए ।

प्रकाशित: ७ मंसिर २०७४ ११:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App