२४ श्रावण २०७७ शनिबार
राजनीति

गठबन्धनले जितेमा सुशासन र समृद्धि हुन्छः डा भट्टराई

काठमाडौँ –नेकपा एमालेका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार डा राजन भट्टराईले वामगठबन्धनले जितेमा मुलुकका सुशासन र समृद्धि हुने बताएका छन्। 

बूढानीलकण्ठ नगरपालिका– १ मा आज आयोजित कोणसभामा उनले भने — “नेपाली काँग्रेसको नेतृत्वको सरकार हुँदा भ्रष्टाचार बढेको र विकासका काममा अवरोध आएको मात्र नभइ राष्ट्रियता खतरामापर्ने स्थिति भएकाले अब वामगठबन्धनबाट राष्ट्रियता संरक्षण हुन्छ।” 

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुलाई डा भट्टराई र काठमाडौंँ क्षेत्र नं ४ प्रदेशसभा (ख)का उम्मेदवार कुसुमकुमार कार्कीले स्वागत गरे। 

प्रकाशित: ६ मंसिर २०७४ १७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App