१५ चैत्र २०८० बिहीबार
राजनीति

मतदान केन्द्रतर्फ निर्वाचन कर्मचारी (भिडियो)

खोटाङ–आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कर्मचारी मतदान केन्द्र खटिन थालेका छन्। मत पेटिका, मतपत्र, नङमा हाल्ने मसी, स्टाम्प प्याड लगायतका ६४ प्रकारका निर्वाचन सामग्रीसहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको मतदान केन्द्रतर्फ लागेका हुन्।

मंसिर १० गते हुने निर्वाचनलाई सफल बनाउन लागि सोमबारदेखि निर्वाचन सामग्री सहितका कर्मचारी मतदान केन्द्रतर्फ पठाउन थालिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए।

मंसिर १० गते हुने निर्वाचनलाई सफल बनाउन लागि सोमबारदेखि निर्वाचन सामग्री सहितका कर्मचारी मतदान केन्द्रतर्फ पठाउन थालिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए।

सदरमुकाम दिक्तेलबाट टाढा पर्ने पालिकाको मतदान केन्द्रमा खटिएका अधिकांश कर्मचारी हिँडिसकेका छन्। जन्तेढुंगा गाउँपालिकामा निर्वाचन सामग्री सहितका कर्मचारी पुगिसकेका छन्। यस्तै, बराहपोखरी, खोटेहाङ, केपीलासगढी, ऐसेलुखर्क गाउँपालिकाभित्रका मतदान केन्द्रमा खटिएका कर्मचारी पनि निर्वाचन सामग्री बुझेर सदरमुकाम दिक्तेलबाट हिँडिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ गाउँपालिका लगायतका नजिकका पालिकामा खटाइएका कर्मचारीले पनि निर्वाचन सामग्री बुझिरहेका छन्। जिल्ला प्रहरी कार्यालयमा निर्वाचन सामग्री बुझ्ने कर्मचारीको भिड लागेको छ।

कतिपय कर्मचारी बसमार्फत तथा कतिपय कर्मचारी ट्याक्टरमा सामग्री हालेर मतदान केन्द्रतर्फ गइरहेका छन्। कर्मचारीहरु मंसिर ७ गतेभित्र मतदानस्थलमा पुग्नेगरी मतदान केन्द्रतर्फ गएका हुन्।

आसन्न निर्वाचनका लागि १३६ मतदान स्थल र १७९ मतदान केन्द्र तोकिएको खोटाङमा १ हजार ४३२ कर्मचारी खटाइएका छन्। हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत सहित ८ जना कर्मचारी र सुरक्षाकर्मीको टोली खटाइएको छ । आसन्न निर्वाचनमा जिल्लाका १ लाख २५ हजार १८३ मतदाता सहभागी हुँदैछन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App